अब बन्ने संविधानसभाले पनि संविधान लेख्ने कुराको ग्यारेण्टी खै ?
दिप बहादुर घर्ति/जाजरकोट
भदौ ३ । जाजरकोट एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले आईतवार सदरमुकाम खलंगामा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा टिप्पणीकर्ताहरुले अब बन्ने संविधानसभाले संविधान लेख्छ भन्ने कुराको ग्यारेण्टी गर्न नसकेको ठोकुवा गरेका छन् ।
आयोजकले अन्तरक्रियाको “आगामि संविधान सभा निर्वाचनका चुनौति र हाम्रो दायित्व” बिषय राखेपछि टिप्नीकारहरुले यस्तो ठोकूवा गरेका हून ।
उक्त अन्तरक्रिया कार्यक्रमका टिप्नीकर्ता कान्तिपूर दैनिकका उप सम्पादक हरीहर राठौरले देशको संविधान लेख्नलाई संविधान सभाको निर्वाचन हुनूपर्ने उल्लेख गर्दै अब बन्ने संविधान सभाले संविधान लेख्ने कुराको ग्यारेण्टी गर्न नसकेको बताए ।
उनले राजनैतिक पार्टीहरु विच शासकिय स्वरुप र संघियताको स्वरुपका बारेमा कुनै कुरा मिल्न नसकेको र राजनैतिक पार्टी उनै, आफ्ना अडानहरु पनि उनै र मान्छेहरु पनि उनै भएको हुदा संविधान लेखिने कुराको कुनै ग्यारेण्टी नभएको बताए ।
पत्रकार महासंघ जाजरकोटका कोषाध्यक्ष हेमन्त केसीले संविधान लेख्ने कुराको ग्यारेण्टि नभएर संविधान सभाको निर्वाचन गर्न नहुने बताए । नागरिक समाज जाजरकोटका अध्यक्ष केशव जंङ्ग शाहले चुनावी सरकारको नेतृत्व कर्मचारीले नभै राजनैतिक पार्टीले नै गर्नु पर्ने बताए ।
जाजरकोट बार एसोशेसनका अध्यक्ष छवीराज शर्माले भने हामी यस्तो देशका नागरिक हौ बैदेशिक ऋण ल्यार निर्वाचन गर्नुपर्ने, विदेशी अनुदान ल्याएर घर ब्यबहार चलाउनु पर्ने नागरिक भएको हुदा यस्तो अवस्थामा संविधान बन्ने कुराको ग्यारेण्टि नभएर चुनाब गर्नु हुदैन । अध्यक्ष शर्माले निर्वाचनवाट जनता निरास भएको र यसको राजनैतिक दलहरुले अध्ययन र खोजि गर्नु पर्छ भने ।
गत संविधान सभाले संविधान लेख्न नसक्नुको मुख्य कारण राजनैतिक पार्टीहरु विचको आपसी बहस टुङ्गिन नसक्नु नै यसको कारण रहेको एकीकृत नेकपा (माओवादी) का केन्द्रिय सदस्य महेश्वर गहतराज/अथकले बताए ।
उनीले आफ्नो पार्टीलाई जनताले दुई तिहाई बहुमत दिएमा आफ्नो पार्टीले जनतालाई संविधान दिने र देशलाई समृद्ध गर्नेछ भने । अथकले हतियारको उद्योग र कारखाना संन्चालन गरेका देशहरुले नेपालमा युद्ध संन्चालन गर्न चाहिरहेको हुदा यस विषयमा नेपालका रानैतिक पार्टीहरुले कुरा बुझ्नु पर्छ भने ।
प्रकाशित मिति:
August 19, 2013