फेसबुकका निर्माता मार्क जुगरवर्ग कै एकाउन्ट ह्याक

यसैगरी ह्याकरले फेसबुकको मालिक मार्क जुगरवर्गको एकाउन्ट नै ह्याक गरेर उनको वालमा नै पोस्ट गरीदिएका छन् ।
ह्याकरले फेसबुकलाई यसको बारेमा पटक -पटक बताए । तर उनको कुरा कसैले नसुनेपछि उनले फेसबुकका मालिककै फेसबुक एकाउन्ट ह्याक गरेको एजेन्सीहरुले उल्लेख गरेका छन् ।
यसैगरी उनले ज्युकरवर्गको साथी गडिनको वालमा पनि पोस्ट गरीदिएका छन् ।
खालिल नाम बताउने उक्त ह्याकरले फेसबुकको सुरक्षा समूहलाई ईमेल पठाएर भनेका थिए- 'मेरो नाम खालिल हो । म इनफर्मेशन सिस्टममा व्याचलर गरेको छु र facebook.com लाई एक नयाँ ब्लग बनाउन चाहन्छु ।' खालिलले ज्युकरवर्गको वालमा लेखेका छन तपाईको गोपनियता भङग गरेकोमा माफी चाहन्छु ।
यसपछि फेसबुक टीमले खालिललाई सम्पर्क गरेर जुगरवर्गको पेज कसरी ह्याक गरेको भनेर सोधपुक्ष गरेको बताइएको छ ।
प्रकाशित मिति:
August 19, 2013