भारतीय ज्वाइँलाई दाइजो 'नेपाली नागरिकता'
साउन ३० । यतिबेला चुनावका चटारो छ । यस अर्थमा पनि कि एक पक्षले अहिल्यै गर्नुपर्छ भनिरहेका छन् भने अर्को पक्षले अहिले यस्तै बेला होइन भनिरहेका छन् ।
यस्तै बेला देशभर मतदाता नामावलीका लागि नागरिकता दिलाउँला टोली खटाईयो पनि । सोही बेला तराई क्षेत्रमा भने भारतीयलाई नेपाली नागरिकता दिएको कुरा बारम्बार मिडियामा आई नै रहे ।
पछिल्लो पटक एउटा यस्तो घटनाको रहस्य खुलेको छ जहाँ दाइजोमा भारतीय ज्वाइँलाई नेपाली नागरिकता दिएको पर्दाफास हुन आएको हो ।
सुनसरी नर्सिङ-७ का अन्सुल अन्सारीले भारतीय ज्वाइँलाई दाइजोस्वरुप नेपाली नागरिकताको प्रमाणपत्र दिलाएको खुलासा भएको हो ।
उनले छोरीज्वाइँ भारतीय नागरिक मोहम्मद मजजरुल अन्सारीलाई बिहेअघिको सर्त अनुसार अबैध रुपमा नागरिकताको प्रमाणपत्र दिलाएका छन् ।
अन्नपूर्ण दैनिकमा छापिएको खबर अनुसार गाविसका सचिव धाताराम सुवेदीको सिफारिसमा जिल्ला प्रशासन कार्यालय सुनसरीवाट नजागरिकता पाउने उनी भारत अररिया जिल्लास्थित रामपुरका ३२ बर्षीय मजरुल हुन् ।
प्रशासकीय अधिकृत जयनारायण यादवले हस्ताक्षर गरेको नागरिकता नम्बर ०६०१७०-०३०७७ छ । मजरुललाई २०४७ बैशाख १८ गतेको जन्ममिति राखेर २०७० असार ६ गते नागरिकता दिइएको थियो । जिल्ला प्रशासन कार्यालयको रेडर्कमा नर्सिङ ७ स्थायी ठेगानाबाट बंशजका आधारमा उल्लेछ ।
गाविससचिव सुवेदीले मजरुलको २०६७ माघ ७ गते जन्म दर्ता भएको प्रमाणपत्र नागरिकता लिनका लागि पेश गरेको देखिन्छ । उनले वास्तविक उमेरभन्दा नौ वर्ष घटाएका छन् ।

प्रकाशित मिति:
August 14, 2013