राष्ट्रपतिलाई सहजकर्ता बन्न ३३ दलको आग्रह
भदौ १३ । नेकपा–माओवादी नेतृत्वको ३३ दलिय मोर्चाले राष्ट्रिय सहमति कायम गर्न सहजकर्ताको भुमिका निर्वाह गर्न राष्ट्रपति समक्ष आग्रह गरेको छ ।
३३ दलिय मोर्चाले विहिवार दिउसो राष्टपति कार्यलय शितल निवासमा राष्ट्रपति रामवरण यादवलाई ज्ञापन पत्र बुझाएर राजनीतिक संकट समाधानको लागि सहमति कायम गर्न सहजकर्ताको भुमिका निर्वाह गर्न आग्रह गरेको हो ।
३३ दलिय मोर्चाले राष्ट्रपतिलाई वुझाएको ज्ञापन पत्रमा मुलुकको विद्यमान संक्रमणकालीन अवस्थामा संविधान निर्माण र संविधानसभाको निर्वाचन द्धन्द्ध बढाउनका लागि होइन, द्धन्द्ध ब्यवस्थापन गर्नको लागि हुनुपर्ने बताएको छ ।
विद्यमान संकट समाधानको लागि वार्ता र संवाद मार्फत राष्ट्रिय सहमति कायम गरेर नै अगाडी जानुपर्ने औल्याउदै चार दल र सरकार वार्ता र संवादप्रति उदासिन रहेको भन्दै राष्टपतिले सहजकर्ताको भुमिका निर्वाह गर्नु आग्रह गरेको बताइएको छ । चार दलका नेताहरु राष्ट्रिय सहमतिको मार्गको विपरीत दिशामा गएकोले त्यसले मुलुक झन् संकटमा फस्दै गएको भन्दै त्यसतर्फ सचेत रहन राष्ट्रपतिलाई आग्रह गरीएको छ ।
चार दलको संयन्त्रसँगको वार्तामा गोलमेच सम्मेलन गरी सहमतिका आधारमा निकास निकाल्ने सैद्धान्तीक सहमति भएको दुई दिन नहुदै चार दलिय संयन्त्र र सरकार आश्चर्यजनक रुपमा वार्ता र संवादबाट पछि हटेको भन्दै संकट समाधानका लागि राष्ट्रपति भुमीका निर्वाह गर्नुपर्ने माओवादी सचिव तथा ३३ दलिय मोर्चाका संयोजक देव गुरुङ्गले बताए ।
गुरुङ्गले चार दलका नेताहरुले सहमतिय राजनीतिक विपरीत निषेधात्मक रैवैयाले देशलाई द्धन्द्धमा फसाएर राष्ट्रियता नै खतरामा पार्न खोजेको आरोप लगाए ।
ज्ञापनपत्र वुझ्दै राष्ट्रपति यादवले सहमतिको लागि आफुले पनि सक्दो पहल गर्ने बताएको सचिव गुरुङ्गले जानकारी दिए । ३३ दलिय मोर्चाले संविधानसभाको दोस्रो निर्वाचनको घोषित कार्यक्रमहरुलाई प्रभावित गर्ने गरी बुधवारमात्रै आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति:
August 29, 2013