भारतको मोस्ट वान्टेड यासिन भटकल नेपालमा पक्राउ

यसअघि भटकलको टाउकाको मूल्य १० लाख भारु तोकिएको थियो । यासिनलाई नेपाल भारत समुक्त टोलीले पक्राउ गरेको आजतक, एबिपि न्युज लगायत सञ्चार माध्यमले जनाएका छन ।
भटकल २००९ मा कोलकत्ता प्रहरीबाट भागेको बताइएको छ । सन २००९ डिसेम्बरमा उनलाई भारतिय जाली नोटको कारोबार, सन् २०११ सेप्टेम्बर ११ मा दिल्ली उच्च न्यायालयमा भएको बम विस्फोटमा संलग्न रहेको भारतीय प्रहरीको दावी छ । उक्त विस्फोटमा १२ जनाको मृत्यू भएको थियो।
भारतीय प्रहरीका अनुसार उनी इन्डियन मुजाहिद्दिन नामक आतंकवादी संगठनको संस्थापक नेतासमेत भएको दाबी गरेको छ साथै भटकललाई अहिले सम्म १० ठुला आतकवादी घटनामा सम्लग्न भएको आरोप लगाइएको छ ।
भारतिय गृहमन्त्री सुशील कुमार शिन्देका अनुसार बुधबार राती भटकल लाई गिरफ्तार गरीएको बताएका छन् । अहिले प्रहरीले सोधपुक्ष गरीरहेको उनले जानकारी दिएका छन् ।
प्रकाशित मिति:
August 29, 2013