अधिकारी दम्पतिद्धारा सरकार प्रमुखको आग्रह अस्वीकार
भदौ १३ । द्धन्द्धकालमा हत्या भएको आफ्नो छोराको हत्यारालाई कारबाहीको माग गर्दै लामो समयदेखि आमरण अनसनमा बसेका अधिकारी दम्पत्तिले सरकार प्रमुख खिलराज रेग्मीको आग्रह समेत अस्वीकार गरेका छन् ।
सरकारले कृष्ण प्रसाद अधिकारी हत्या मुद्दामा अनुसन्धान थाल्दा समेत अनसन नतोडेका अधिकारी दम्पत्तिलाई आज अध्यक्ष रेग्मीले वीर हस्पिटलमा पुगेर अनसन तोड्न आग्रह गरेका थिए । तर उक्त आग्रहलाई दम्पत्ति परिवारले अस्वीकार गरेका छन् ।
अनसनमा रहेका नन्दप्रसाद र गंगामाया अधिकारी दम्पत्तिलाई आज बिहान भेटेर अध्यक्ष रेग्मीले हत्यारामाथि कार्वाही गर्न सरकारले प्रक्रिया थालेर अनुसन्धान गरिरहेकाले अनशन फिर्ता लिन आग्रह गरेका थिए ।
तर अधिकारी दम्पत्तिले हत्यारालाई पक्राउ गरी हिरासतमा लिएमा मात्र सरकारको कुरा पत्याउने जवाफ दिएको बताइएको छ ।
यसअघि हिजो पनि विभिन्न दलका नेताहरुले दम्पत्ति परिवारलाई भेटेर अनसन तोडाउने प्रयास गरेका थिए ।

प्रकाशित मिति:
August 29, 2013