• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » २ करोड ९० लाख नबुझाएपछि दिपक मनाङे जेलमा
२ करोड ९० लाख नबुझाएपछि दिपक मनाङे जेलमा

भदौ ४ । गुण्डा नाइके तथा डन भनेर चिनिने दिपक मनाङेलाई विशेष अदालतले २ करोड ९० लाख धरौटी मागेको छ ।

बुधबार मनाङेले उक्त रकम नबुझाएपछि उनलाई डिल्लीबजारस्थित सदरखोर पठाईएको छ ।

यता, मनाङेकी श्रीमती पासाङ डोमालाई भने अदालतले २ लाख ५० हजार रुपैँया धरौटी मागेकोमा मंगलबार नै उनले उक्त धरौटी बुझाएपछि छुटेकी छिन् ।

सम्पत्ति शुद्धिकरण विभागले गत जेठ ५ गते मनाङेलाई १४ करोड ७३ लाख अवैध सम्पत्ति थुपारेको अभियोग लगाएर मुद्दा दायर गरेको थियो।

फरार सुचिमा रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले शुक्रबार राती काठमाडौँको सुन्धारास्थित सिभिल मलबाट पक्राउ गरेको थियो ।

अदालतमा आइतबार बयानका लागि उपस्थित गराइएकोमा अदालतले आज उनका मुद्धामा माथिको आदेश जारी गरेको हो ।

प्रकाशित मिति: August 20, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • 19 killed as Sita Air crashes minutes after take-off
  • महानायक हमाल राप्रपामा प्रवेश गर्लान त ?
  • Nepal defeat Malaysia to enter ACC Trophy final
  • तनहुँमा मोबाइल चार्ज गर्दा करेन्ट लागेर महिलाको मृत्यु
गृह पृष्ठ |