२ करोड ९० लाख नबुझाएपछि दिपक मनाङे जेलमा
भदौ ४ । गुण्डा नाइके तथा डन भनेर चिनिने दिपक मनाङेलाई विशेष अदालतले २ करोड ९० लाख धरौटी मागेको छ ।
यता, मनाङेकी श्रीमती पासाङ डोमालाई भने अदालतले २ लाख ५० हजार रुपैँया धरौटी मागेकोमा मंगलबार नै उनले उक्त धरौटी बुझाएपछि छुटेकी छिन् ।
सम्पत्ति शुद्धिकरण विभागले गत जेठ ५ गते मनाङेलाई १४ करोड ७३ लाख अवैध सम्पत्ति थुपारेको अभियोग लगाएर मुद्दा दायर गरेको थियो।
फरार सुचिमा रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले शुक्रबार राती काठमाडौँको सुन्धारास्थित सिभिल मलबाट पक्राउ गरेको थियो ।
अदालतमा आइतबार बयानका लागि उपस्थित गराइएकोमा अदालतले आज उनका मुद्धामा माथिको आदेश जारी गरेको हो ।
प्रकाशित मिति:
August 20, 2013