• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Political » चार दलको प्रस्ताव निर्वाचन आयोगद्धारा ठाडै अस्वीकार
चार दलको प्रस्ताव निर्वाचन आयोगद्धारा ठाडै अस्वीकार

भदौ ४ । उच्चस्तरीय राजनीतिक समितिले मतदाता नामावली संकलनका लागि समय थप गर्न निर्वाचन आयोगसँग गरेको प्रस्ताव आयोगले अस्वीकार गरेको छ ।

आज बसेको समितिको बैठकले मतदाता नामावली संकलनको मिति पुनः एक हप्ता थप गर्न आग्रह गरेको थियो । तर, आयोगले भने समय थप गर्दा निर्वाचन कार्यतालिकामा असर पर्ने भन्दै समय थप्न नसकिने जनाएको हो ।

निर्वाचन आयुक्त रामभक्त पीबी ठाकुरले पुन समय थप्दा मंसीर ४ गतेको निर्वाचन नै प्रभावित हुनसक्ने भएकाले प्रस्ताव स्वीकार गर्न नसकिएको प्रतिक्रिया दिएका छन् ।

यता, समितिको बैठकपछि समितिका संयोजक सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनाल निर्वाचन आयोग पुगेर संघीय लोकतान्त्रिक मोर्चा निर्वाचनका लागि तयार भएको र नेकपा माओवादी र संघीय समाजवादी पार्टीलगायत पनि निर्वाचनमा आउने भएको भन्दै समय थप्न आग्रह गरेका थिए । उक्त आग्रहलाई आयोगले अस्वीकार गरेको हो ।

यसअघि पनि केही विषयमा आयोग र समितिबीच विवाद समेत रहँदै आएको छ । यस्तै बेलामा पछिल्लो पटक समितिको आग्रहलाई आयोगले स्वीकार नगर्दा समिति र आयोगबीच विवाद झन् चुलिएर जाने देखिएको छ ।

प्रकाशित मिति: August 20, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • माओवादी महाधिवेशन अन्तर्गत बन्दसत्रको भिडियो
  • 19 killed as Sita Air crashes minutes after take-off
  • महानायक हमाल राप्रपामा प्रवेश गर्लान त ?
  • Nepal defeat Malaysia to enter ACC Trophy final
  • तनहुँमा मोबाइल चार्ज गर्दा करेन्ट लागेर महिलाको मृत्यु
गृह पृष्ठ |