चार दलको प्रस्ताव निर्वाचन आयोगद्धारा ठाडै अस्वीकार
भदौ ४ । उच्चस्तरीय राजनीतिक समितिले मतदाता नामावली संकलनका लागि समय थप गर्न निर्वाचन आयोगसँग गरेको प्रस्ताव आयोगले अस्वीकार गरेको छ ।
आज बसेको समितिको बैठकले मतदाता नामावली संकलनको मिति पुनः एक हप्ता थप गर्न आग्रह गरेको थियो । तर, आयोगले भने समय थप गर्दा निर्वाचन कार्यतालिकामा असर पर्ने भन्दै समय थप्न नसकिने जनाएको हो ।
निर्वाचन आयुक्त रामभक्त पीबी ठाकुरले पुन समय थप्दा मंसीर ४ गतेको निर्वाचन नै प्रभावित हुनसक्ने भएकाले प्रस्ताव स्वीकार गर्न नसकिएको प्रतिक्रिया दिएका छन् ।
यता, समितिको बैठकपछि समितिका संयोजक सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनाल निर्वाचन आयोग पुगेर संघीय लोकतान्त्रिक मोर्चा निर्वाचनका लागि तयार भएको र नेकपा माओवादी र संघीय समाजवादी पार्टीलगायत पनि निर्वाचनमा आउने भएको भन्दै समय थप्न आग्रह गरेका थिए । उक्त आग्रहलाई आयोगले अस्वीकार गरेको हो ।
यसअघि पनि केही विषयमा आयोग र समितिबीच विवाद समेत रहँदै आएको छ । यस्तै बेलामा पछिल्लो पटक समितिको आग्रहलाई आयोगले स्वीकार नगर्दा समिति र आयोगबीच विवाद झन् चुलिएर जाने देखिएको छ ।

प्रकाशित मिति:
August 20, 2013