'कांग्रेसले प्रजातन्त्रको घाँटी रेट्यो, एमाओवादीले शहिदको रगतको व्यापार गर्यो'
भदौ १४ । नेकपा–माओवादी महोत्तरीले प्रजातन्त्रको हिमायती ठान्ने नेपाली कांग्रेसले नै प्रजातन्त्रको घाँटी रेटेको र एमाओवादीले भने शहिदको रगतमाथि बसेर रगतकै व्यापार गरेको आरोप लगाएको छ ।
शहिद भगवती स्याम्बोको दशौँ स्मृति दिवसका अवसरमा महोत्तरीको हात्तिलेट गाविसमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो जनाएका हुन् ।
कार्यक्रममा नेकपा माओवादीका केन्द्रिय सल्लाहकार कमल देवकोटाले शहिदहरुको सपनालाई साकार पार्नका लागि आम शोषित पीडित जनता नेकपा माओवादी पार्टीको झण्डा मुनि गोलबद्ध हुनुको विकल्प नरहेको बताए ।
नेकपा माओवादी महोत्तरीका सह सेक्रेटरी हरिकृष्ण गजुरेलले भने कर्मचारीको नेतृत्वमा सरकार गठन गरेर कांग्रेसले नै प्रजातन्त्रको घाँटी रेटिरहेको र एमाओवादीले पनि शहिदका रगतमाथि बसेर शहिदकै रगतको पसल थापेको बताए ।
उनले निर्वाचनको सशक्त बहिस्कारले मात्र सहिदहरुको सम्मानका निमित्त र राष्ट्रको स्वाधिनताका निम्ति भूमिका निर्वाह गर्नेमा जोड दिए । अहिलेको कथित संविधानसभा निर्वाचलाई बहिस्कार मात्रै नभएर ध्वस्त गर्नुपर्ने बताउँदै उनले नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न भएको बेला मात्रै भवगती सहित १४ हजार शहिदहरुको सपना पूरा हुने जनाए ।
कार्यक्रममा नेकपा एकीकृत केन्द्रिय सल्लाहकार बल बहादुर बलमपाखीले शहिदको सम्मान निरन्तर गरिरहनुपर्ने धारणा व्यक्त गरे ।
२०६० साल भदौ १३ गते सर्लाहीको पिपल दमार भन्ने ठाउँमा तत्कालिन सरकारी सुरक्षा फौजले चार जनालाई एकै ठाउँमा हत्या गरिएको थियो । जसमा चार जनामध्ये महोत्तरीको हात्तिलेट गाविसका भगवती स्याम्बो हुन् ।

प्रकाशित मिति:
August 30, 2013