रणबीर र कट्रीनाको बिहे हुने
बलिउडका सफल नायक नायिका रणबीर कपुर र कट्रीना कैफको माया प्रिती अब छिट्टै नै विवाहमा परिणत हुने भएको छ ।
उनीहरु बिचमा रहेको मायालाई अझ नजिक बनाउनेका लागि उनीहरुले यस्तो निर्णय गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
रणबीर र कट्रीनाले रोमान्सको खबर बेला बेलामा मिडियामा आएपछि उनीहरुले छिट्टै नै विवाह गर्ने मुड बनाएको बताइएको छ ।
समाचार अनुसार कहिले विवाह गर्ने भन्ने केही खुलाइएको छैन तर उनीहरुले यो लव अफेयर अब धेरै दिन नराखि बिहे नै गर्ने उनीहरुको सोच रहेको उनी निकत स्रोतले बताइएको छ ।
कट्रीना कैफ र रणबीर कपुरको स्पेन भ्रमणको बेलाको रोमान्सको फोटो लिक भएपछि यसलाई सही रुप दिनका लागि उनीहरु बिवाह बन्धनमा नै गाँसिनेमा पुगेका हुन् ।
फोटो सार्वजनिक भएपछि रणबिरका बुवा ऋषि कपुर र आमा यस विषयमा गम्भिर भएको बताइएको छ ।
प्रकाशित मिति:
August 30, 2013