नेपालको पहिलो व्यावसायिक मेवा खेती कपिलवस्तुमा
भदौ १० । धन कमाउनकै लागि विदेश धाउनुपर्ने मान्यतालाई तोड्दै कपिलवस्तुका युवाहरु नमुना कामको शुरुवातमा लागेका छन् ।
आफ्नै देशको माटोमा पसिना बगाएर सुन फलाउन सकिन्छ भन्ने आट र विश्वासका साथ यहाका ३ जना युवाले कपिलवस्तुको शिवपुर ५ मा व्यवसायिक मेवा खेतीको सुरुवात गरेका हुन् ।
अहिलेसम्म व्यवसायिक रुपमा जिल्लामै कसैले नगरेको मेवा खेती ती युवाले सामूहिक लगानीमा शुरुवात गरेको दाबी गरेका छन् ।
स्थानीय लेखनाथ पौडेल, कुमार खनाल र रोमाखर पाण्डे मिलेर गत २०६९ असोजदेखि व्यवसायिक मेवा खेतीमा हात हालेका हुन् । जग्गा भाडामा लिई ११० कठ्ठामा सो मेवा खेती गरिएको सञ्चालकमध्येका लेखनाथ पौडेलले बताएका छन् ।
उनले अहिलेसम्म १६ लाख लगानी गरिसकिएको जानकारी दिनुभयो । ‘रेड लेडी’ जातको ६ हजार ३ सय मेवाका बोट हुकिर्एर अहिले लटरम्मै फल लागेका छन् ।
गत ०६९ असारदेखि सुरुवात गरेको मेवालाई हुर्काउन निकै संघर्ष गर्नुपरेको सञ्चालकहरुले बताएका छन् । अन्य समयमा भन्दा वर्षातको समयमा बिरुवालाई बचाउन धौधौ परेको सञ्चालक लेखनाथ पौडेलको भनाइ छ। जिल्लामै नमुनाको रुपमा गरिएको मेवा बगानले अहिले वरिपरिको वातावरण्ँ नै अति सुन्दर र मनमोहक बनाएको छ ।
ठूलो क्षेत्रफलमा चारैतिर मेवैमेवाका बोट, त्यसमा पनि लटरम्मै फलेका फलले त्यहा आउने जो कोहीलाई पनि लोभ्याउने गरेको छ । अब मेवा पाक्ने समय पनि आएकाले सञ्चालकहरु बजारको खोजीमा रहेका छन् ।
‘जेनतेन मेवालाई हुर्काइयो तर फल खपत हुने नजिकै ठूलो बजार नै नभएकाले ठूलो चुनौती आइपरेको छ’ –सञ्चालक पौडेलले गुनासो गरे । ठूलो परिमाणको मेवालाई खपत गर्न अहिले काठमाडौंका फलफूल व्यापारीहरुसग सम्पर्क समन्वयअघि बढाएको सञ्चालक कुमार खनालले बताए । उनले उत्पादित मेवा सबै काठमाडौं पठाइने जनाए ।
पहिलो वरु लगानी उठाउन गाह्रो भए पनि पछिल्लो समयमा यसलाई पूति गर्र्न सकिने सञ्चालकहरुको भनाइ छ । पाकेको मेवामा भिटामिन ‘ए’ प्रशस्त मात्रामा पाइन्छ । नियमित रुपमा पाकेको मेवा सेवन गर्दा आ“खाको ज्योति तेजिलो हुनुका साथै मानव शरीरसमेत चम्किलो, बलियो र फुतिर्लो हुने चिकित्सकहµ बताउ“छन् ।
हरेक दृष्टिकोणले मानव स्वास्थ्यका लागि मेवा अति उपयोगी फल भएकाले पनि यसको जगेर्नामा युवाहरु अग्रसर भएका हुन् ।
प्रकाशित मिति:
August 26, 2013