ट्रान्सफर्मर खरिदमा भ्रष्टाचार आरोपमा नेपाल विद्युत प्राधिकरणका १२ कर्मचारी अख्तियारको नियन्त्रणमा
साउन २१ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुणस्तरहिन ट्रान्सफर्मर खरिद गरी भ्रष्टाचार गरेको आरोपमा नेपाल विद्युत प्राधिकरणका १२ कर्मचारी र २ जना चिनियाँ नागरिकलाई विशेष अदालतमा पठाएको छ ।
प्राधिकरणले २०६४ सालदेखि ०६८ सालसम्म खरिद गरेको करीब ५ हजार ट्रान्सफर्मर गुणस्तरहीन भएको भन्दै अनुसन्धान गरेको थियो।उक्त काण्डमा करिब ४ अर्ब रुपैयाँ घोटाला भएको भन्दै अख्तियारले ब्याजसहित असुल गराउने बताएको छ ।

अख्तियारको नियन्त्रणमा पर्नेमा प्राधिकरणका सहायक प्रवन्धक सुरेन्द्रप्रसाद पनेरु, सहनिर्देशक हरिश बहादुर पाल, सहायक प्रवन्धक मदनराज चापागाई, इञ्जिनियर प्रज्वल पाण्डे र भण्डार प्रमुख भरत रुपाखेती रहेका छन ।
यस्तै, विराटनगरबाट सुरेन्द्र जोशी, नेपालगञ्जबाट सिन्धु यादव, हेटौडाबाट सरोज श्रेष्ठ नारायण चौधरी र सुरेशकुमार कटवाललाई अख्तियार नियन्त्रणमा लिएको छ । यसैगरी ट्रान्सफर्मर आपुर्ति गर्ने चिनियाँ कम्पनी हुपेई सनलाइट इलेक्ट्रिक्सका हु चङ छियाङ र चउ यि थियान लाई पनि नियन्त्रण गरेको छ । गुणस्तरहीन ट्रान्सफर्मर खरिद गरी भ्रष्टाचार गरेको उजुरीमा अनुसन्धान गरी हिजो नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले बताएका छन ।प्रकाशित मिति:
August 05, 2013