युनिकले १२ % नगद लाभांस र रेसुङ्गाले २० % बोनस दिने
भदौ १३ । युनिक फाइनान्स लिमिटेड र साइन रेसुङा डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेका छन् ।
युनिक फाइनान्सले गत बर्षको नाफाबाट १२ प्रतिशत नगद लाभांस दिने घोषणा गरेको छ भने बैंकले २० प्रतिशत वोनस सेयर दिने घोषणा गरेको छ ।
फाइनान्सले गत बर्ष तीन करोड चार लाख रुपैयाँ र बैंकले गत आर्थिक बर्ष आठ करोड ७३ लाख रुपैयाँ नाफा गरेको थियो ।
दुवै संस्थाका सञ्चालक समितिले घोषणा गरेको लाभांस राष्ट्र बैंकले स्वीकृत गरेपछि बार्षिक साधारण सभामा अनुमोदनका लागि जाने छ ।
यसभन्दा अगाडी भने सम्मिट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंक, फस्र्ट माइक्रो फाइनान्स, तिनाउ डेभलपमेन्ट, वाग्मती डेभलपमेन्ट, सिटी डेभलपमेन्ट, मितेरी डेभलपमेन्ट, युनाइटेड फाइनान्स, महालक्ष्मी फाइनान्स, युनिलिभर नेपाल र अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले लाभांस घोषणा गरिसकेका छन् ।

प्रकाशित मिति:
August 29, 2013