• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News » भट्टीमा प्रहरी छापा, रक्सीका बनाउन युरिया मल, पुरानो कपडा, जुटका बोरा र भ्यागुतोको प्रयोग
भट्टीमा प्रहरी छापा, रक्सीका बनाउन युरिया मल, पुरानो कपडा, जुटका बोरा र भ्यागुतोको प्रयोग

साउन २६  ।  सर्लाही सदरमुकाम मलंगवामा सञ्चालन हुँदै आएका आठ अवैध रक्सी भट्टीमा प्रहरीले छापा मारेको छ ।

प्रहरीले छापा हाली हजारौ लिटर रक्सी  कच्चा पदार्थ  बदामत  गरी  नष्ट  गरेको छ । सदरमुकामको विभिन्न वडामा रक्सी उत्पादन गर्नका लागि खोलिएको भट्टीहरुमा प्रहरीले अचानक छापामारी गरेको हो।

लामो  समयदेखि  सञ्चालनमा रहेको रक्सी भट्टीमा आज बिहान प्रहरीले छापा मारेको हो ।  तर प्रहरी आउँदै गरेको सूचना पाएर भट्टीमा कार्यरत कामदार र सञ्चालक  भाग्न सफल भएका छन् ।

सर्चको क्रममा प्रहरीले ९ थान मेसिन, १६ थान एल्मुनियमका ठूलो भाँडो, १४ वटा टिनको ड्रम, ४ वटा प्लाष्टिकका ड्रम, ६० थान प्लाष्टिकका ग्यालेन, १ थान ग्यास सिलिण्डर र चुल्हो बरामद गरेको छ ।

रक्सीका  लागि कच्चा  पदार्थमा  युरिया मल, पुरानो कपडा जुटका बोरा तथा भ्यागुतो समेत प्रयोग  भएको  फेला परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: August 10, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • Miss Nepal Payal Shakya 2004
  • EC directs govt to halt Nepal Police transfers
  • आजको राशिफल September 23, 2013
  • तह थपबारे एमाले चुप बस्ला ? अब यस्तो हुनेछ राजनीति, यसरी हुनेछ चुनाव !
  • AISC recommends 4171 news posts in Nepal Army
गृह पृष्ठ |