७ लाख नेपाली रहेको मलेसियामा ६५ हजार बढीलाई फर्काइने
भदौ १३ । विभिन्न देशका २० लाख भन्दा बढी कामदार अवैध रुपमा रहेका मलेसियामा त्यहाँको सरकारले अवैध विदेशीलाई पक्राउ सुरु गर्ने भएको छ ।
मलेसिया सरकारले अवैधानिक रूपमा बसिरहेका विदेशी कामदारलाई आइतबारदेखि पक्राउ गर्ने घोषणा गरेको हो ।
यसबाट करिब ७ लाख नेपाली कामदार रहेको मलेसीयामा ६५ हजारभन्दा बढी प्रभावित हुने भएका छन् ।
गतवर्ष आममाफी दिँदा पनि स्वदेश नफर्कनेहरूलाई लक्ष्य गरेर मलेसियाले यस्तो घोषणा गरेको आजको नागरिक दैनिकले खबर छापेको छ ।
भूल सुधारः यसअघि माथि २० लाख भन्दा बढी कामदार अवैध भएको स्थानमा 'विभिन्न देशका' हुनुपर्नेमा छुट्न गएकाले सच्याईएको छ । - सम्पादक

प्रकाशित मिति:
August 29, 2013