चार दल बाहिर-बाहिर वार्ताको हल्ला गरेपनि भित्र-भित्र चाहदैनन् : वैद्य
साउन १८ । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरणले चार दलले नै वार्ता गर्न नचाहेकोले वार्ता हुन नसकेको बताएका छन् ।
चार दलका नेताहरुले बाहिर बाहिर वार्ताको हल्ला गर्ने तर भित्र भित्र वार्ता नचाहेको चर्चा गर्दै अध्यक्ष वैद्यले वार्ता सयन्त्र र सरकारमा जान नभएर जनताका समस्या समाधान गर्ने सार्थक वार्ता आफुहरुले चाहेको बताए ।

अखिल नेपाल शिक्षक संगठनको प्रथम केन्द्रिय परीषद वैठकको राजधानीमा उद्धघाटन गर्दै चार दलीय सिन्डीकेटले गरेका अलोकतान्त्रिक र असंवैधानीक कुकर्ममा समाहीत हुन वार्तामा नजाने प्रष्ट पारे । उनले चार दलले वार्ताका नाममा आफुहरुले गरेको गलत कार्यमा सहीछाप लगाउन प्रयास गरेको भन्दै विना सर्त वार्ताबाट समस्या समाधान गर्न आफुहरु तयार रहेको प्रष्ट पारे ।
उनले चार दलिय सिन्डीकेटले उत्पन्न संकट समाधानका नाममा आन्दोलनबाट प्राप्त उपलब्धी र जनयुद्धका एजेण्डाहरुलाई छाडेर चारदलको पक्षमा सति जान नसकिने बताए ।
अध्यक्ष वैद्यले चार दलले लोकतन्त्रको नाममा लोकतन्त्र नै समाप्त पारेर निरदलिय सरकार गठन गरी देशमा फासीवादी ब्यवस्था निम्ताउन चाहेको आरोप पनि लगाए । उनले आफुहरु प्रतिपक्षीयरुप भए पनि लोकतन्त्रको रक्षार्थ संघर्षमा रहने बताए ।
उनले चार दलिय सिन्डीकेटले आफुहरुको सकरात्मक मागलाई वेवास्था गरेर जवरजस्ती जान खोजे आफुहरु त्यसको विरुद्धमा शशक्तरुपमा लाग्ने पनि प्रष्ट पारे । निरदलिय सरकारले जवरजस्ती निर्वाचन गरेमा आफुहरुले संघर्षबाट नै संविधान जारी गर्ने चेतावनी पनि उनले दिए ।
अध्यक्ष वैद्यले अहिले देशको अवस्था अत्यन्त गम्भिर रहेको औल्याउदै राष्टिय स्वधिनताको लागि राष्टभक्त जनताहरु एकतावद्ध हुनुपर्ने आवश्यकता रहेको पनि बताए । कार्यक्रमा विभिन्न शैक्षिक क्षेत्रका सरोकारवालाहरुले शिक्षा क्षेत्रमा देखीएका समस्या समाधानमा राज्यले पहल गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित मिति:
August 02, 2013