२० वर्षपछि नेपालसँग भारतको हार
भदौ २० । भारतलाई २-१ गोल अन्तरले पराजित गर्दै नेपाल आठौँ साफ च्याम्पियनसिपको सेमिफाइलनमा प्रवेश गरेको छ ।
नेपालले भारतको राष्ट्रिय टिमलाई २० वर्षपछि पहिलो पटक बिहीबार दशरथ रंगशालामा हराएको हो । २० वर्षमुनिको टोलीलाई फुटबलको सर्वोच्च संस्था फिफाले गणना नगर्ने हुँदा यो खेलसँगै २० वर्षपछि नेपालले भारतलाई पराजित गरेको हो ।
दशरथ रंगशालामा बिहीबारभएको खेलमा नेपालका लागि अनिल गुरुङ र जुमानु राईले एक/एक गोल गरेका हुन् ।
खेलको ६८ औ मिनेटमा सन्दिप राईको फ्रि किकमा अनिल गुरुङले गोल गरेर नेपाललाई अग्रता दिलाएका थिए । त्यसपछि ८० औ मिनेमा जुमानु राईले अर्को आकर्षक गोल गरेर दोब्बर पारे ।
आजको जितपछि नेपाल समुह विजेता र भारत उपविजेता बन्दै अन्तिम चारमा पुगेका छन् ।
खेलमा नेपालका स्ट्राईकल अनिल गुरुङ म्यान अफ दि म्याच घोषित भएका छन् ।
आजै, राजधानीको हलचोकमा भएको खेलमा पाकिस्तानले बंगलादेशलाई २-१ ले हराएको थियो । बंगलादेशलाई हराएर पाकिस्तानले पनि भारतकै जति समान गोल तथा समान अंक चार जोडे पनि यसअघि पाकिस्तान भारतसँग हार बेहारेकाले सेमिफाइनलमा नपरेको हो ।
अब भोलि, समूह बी अन्तर्गत, माल्दिभ्स र अफगानिस्तानको भिडन्त हुनेछ । उक्त खेलमा भुटान र श्रीलंकाले सेमिफाइनलका लागि आफ्नो यात्रा टुंग्याईसकेका छन् । त्यसैले समूह विजेता तथा उपविजेताका लागि मात्रै उक्त खेल हुनेछ ।
आज दशरथ रंगशालामा नेपाल भारतबीचको खेलको मुख्य मुख्य कमेन्ट्री हेर्नुहोस्
5: 27 PM - अनिल गुरुंग म्यान द म्याच अफ घोषित भएका छन् ।
5: 18 PM - भारतले नेपालका लागि एक गोल फिर्ता गरेको छ । २ मिनेटको इन्जुरी टाइम थपिएसँगै भारतले १ गोल गरेको हो ।
5: 16 PM - बिमल घर्ती मगर मैदान प्रवेश । पाकिस्तान विरुद्ध अन्तिम समयमा गोल गरेर उनी चर्चामा छन् ।
5: 14 PM -२ गोलले पछाडी परेपछि भारतीय खेलाडी पूरै दबाबमा परेका छन् । उनीहरु आक्रमक रुपमा खेलिरहेका छन् ।
5: 11 PM - सन्दिपले राम्रो बचाऊ गरे । भारत थ्रो हान्दै । सिँधै गोल किपरको हातमा ।
5: 10 PM - रविन डिबक्स भित्रैबाट पास दिएका थिए । त्यसलाई वान टच पास गर्दै जुमानुले जाली चुमाएका हुन् ।
5: 07 PM - दोस्रो गोल नेपालको हुरेरे ! जुमानुले नेपालको तर्फ दोस्रो गोल गरेका हुन् ।
5: 04 PM - नेपालले फ्रिकिक हानेको छ । सन्दिपको प्रहार हाई गयो ।
5: 03 PM - नेपालको राम्रो प्रहार गोल किपरले बचाएका छन् ।
5: 02 PM - नेपालले २००५ पछि भारतविरुद्ध साफमा पहिलो गोल गर्न सफल भएको हो ।
5: 56 PM - सन्दिप राईको प्रहार बारमा ठोकिएपछि अनिल गुरुंगले त्यसलाई गोलमा परिणत गरिदिएका छन् ।
5: 56 PM - गोललललललललललललललल
5: 52 PM - जुमानुलाई मैदानमा लडाईएको छ । नेपाललाई फ्रिकिक । जुमानु उठेर अघि बढे ।
5: 52 PM - नेपाली टोलि परिवर्तन । फिड फिल्डर बिक्रम राजु तामाङको स्थानमा मैदानमा ।
5: 46 PM - नेपाली गोल किपरले प्रहार गरेको गोल सिँधै विपक्षीको पोष्टमा पुगेको छ ।
5: 44 PM - भारतीय खेलाडी परिवर्तन । भारतीय कप्तान सुनिल क्षेत्रीले ऐले कार्ड पाएका हुन् ।
5: 43 PM - भारतीय खेलाडीले ऐले कार्ड पाएका छन् ।
5: 39 PM - नेपालले एक पछि अर्को मुभ बनाएर विपक्षीको पोष्ट चार्ज गर्ने प्रयास तिब्र बनाएर लगेको छ । भारतीय डिफेन्स पूरै व्यस्त देखिएका छन् ।
5: 37 PM - नेपालले दोस्रो हाफमा लगातार विपक्षीको पोष्ट छेउछाउ बल कुदाईरहेको छ ।
5: 35 - नेपालले कर्नर प्रहार गर्दै । तर क्लियर गरिदिएका छन् भारतीय खेलाडीले ।
5: 33 - भोलाले राम्रो प्रहार गरेपनि गोल किपरले समात्न सफल भएका छन् ।भोलाले राम्रो प्रहार गरेपनि गोल किपरले समात्न सफल भएका छन् ।
5: 32 - दोस्रो हाफ सुरु भएको छ ।नेपालले सुरुमै थ्रो पाएको छ । त्यसलाई क्लियर गरिसकेका छन् ।
पहिलो हाफ सम्पन्न, नेपाल भारत गोलरहित बराबरी
5:16 - पहिलो हाफका लागि थप गरिएको अब एक मिनेट बाँकी ।
5:15 - नायक आर्यन सिग्देल, कलाकार जितु नेपाल तथा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाश दाहाल पनि दशरथ रंगशाला पुगेर नेपालको पक्षमा हुटिंग गरिरहेका छन् ।
5:12 - उता, हलचोकमा जारी बंगलादेश र पाकिस्तानबीचको खेल १ १ गोलको बराबरीमा चलिरहेको छ ।
5:10 - पहिलो हाफको अन्तिम मिनेटमा कुनै पक्षले पनि गोल गर्न सकेका छैनन् । दुवै टोलि दबाबमा देखिएका छन् ।
5:01 - नेपालले डिबक्स नजिकै फ्रिकिक पाएको छ । गोल किपरको हातमा बल सोझै ।
3:58 - जगजितको स्थानमा जुमानु राई मैदान प्रवेश गरेका छन् ।
3:55 - खेलको २५ औँ मिनेट सकिएको छ । दुवै टोलिले गोल गर्न सकेका छैनन् ।
3:54 - कर्नरलाई नेपालले सदुपयोग गर्न सकेन । थ्रो पाएको छ जसलाई क्लियर गरिदिएका भारतीय खेलाडीले ।
3: 53 PM - नेपालले कर्नर पाएको छ ।
3: 45 PM - भारतीय खेलाडीलाई पहिलो पहेँलो कार्ड ।
नेपालले कर्नर पाएको छ । उक्त गोललाई पोष्ट प्रहार गरिए पनि गोल हुन भने सकेन । किपरले पच गरेर गोल बचाईदिएका छन् ।
3:39 PM - रोहितको बल आकासियो ।
3:39 PM - नेपाली टोलिले बिच भाग कटाएर भारतीय पोष्टतिर बल बढाउने बित्तै दर्शकहरुको समर्थनले पूरै रंगशाला गुन्जयमान भईरहेको छ ।
3:37 PM - आजको खेल बराबरी खेलेमा दुवै टोलि सेमिफाइनलमा सहजै प्रवेश गर्नेछन् । तर कुनै टिम हारेमा सेमिफाइनल यात्रामा अवरोध हुने सम्भावना पनि छ । अहिले नै हलचोकमा पनि पाकिस्तान र बंगलादेशबीच खेल भईरहेको छ ।
3:34 PM - नेपालले सुरुदेखि नै आक्रमण खेल खेलिररहेको छ ।
3:30 PM - साफ च्याम्पियनसिप अन्तर्गत सेमिफाइनलका लागि नेपाल र भारतको खेल सुरु भएको छ ।

तस्वीरः किरण न्यौपाने, ट्विटर |

प्रकाशित मिति:
September 05, 2013