प्रचण्डलाई बोलायो अदालतले, तीन दिनभित्र हाजिर हुन निर्देशन
भदौ २० । सर्वोच्च अदालतले एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई तीन दिनभित्र अदालतमा हाजिर हुन आदेश जारी गरेको छ ।
अदालतको मानहानी गरेको भन्दै अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमा अदालतले सुनुवाई गर्दै आफैं वा आफ्ना प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।
अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमा सर्वोच्च अदालतका न्यायाधिस ज्ञानेन्द्र बहादुर कार्कीको एकल इजलासले यस्तो आदेश जारी गरेको हो ।
प्रचण्डले द्वन्द्वकालका मुद्दा ब्युँताएको आक्रोसमा 'अदालत भनेको के जात हो ?' भन्दै भाषण दिएपछि अधिवक्ता त्रिपाठीले भदौ १० गते सर्वोच्च अदालत ऐन- २०४८ को दफा ७ अनुसार हदैसम्मको कारबाही माग गर्दै रिट दायर गरेका थिए ।

प्रकाशित मिति:
September 05, 2013