त्रासका कारण पनि जनता निर्वाचनमा जादैनन् : थापा
भदौ २१ । नेकपा–माओवादीका महासचिव रामबहादुर थापाले संविधानसभाको दोस्रो निर्वाचन हुनै नसक्ने आफ्नो दावी दोहर्याएका छन् ।
उच्च स्तरीय राजनीतिक समितिमा सहभागी दलहरु मात्रै दल नभएको बताउदै सबै दलहरुको सहमति विनाको चुनाव हुनै नसक्ने दावी गरे । त्रासका कारण पनि जनता निर्वाचनमा सहभागी नहुने महासचिव थापाको भनाई थियो ।
चितवनको नारायणगढमा शुक्रबार मार्चपास पछि आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले सबै दलहरुको सहभागीता विनाको चुनाव हुनै नसक्ने जिकिर गरे ।
उनले खिलराज रेग्मी नेतृत्वको सरकार रहेसम्म कुनै हालतमा निर्वाचन सम्भव नरहेको बताउदै मंसिर चार गते घोषाण गरीएको निर्वाचनलाई नौटंकीको संज्ञा दिए ।
महासचिव थापाले आफुहरुको पहिलो दायित्व निर्वाचनलाई परास्त गर्नु रहेको पनि स्पष्ट पारे ।
ठूलो बलिदानी पछि प्राप्त बहुदलीय ब्यवस्थालाई चार दलका नेताहरुले अन्त्य गर्न खोजेको आरोप लगाउदै माहासचिव थापाले दलीय नेतृत्वमा गठित सरकारले मात्र निश्पक्ष निर्वाचन गराउन सक्ने जिकिर गरे ।
समस्या समाधानको एक मात्र विकल्प गोलमेच सम्मेलन रहेको भन्दै थापाले चारदलीय सिन्डिकेटले गोलमेच सम्मेलन गराउन तयार नहुँदा मुलुक समस्याको थप खाडल तर्फ भासिदै गएको टिप्पणी गरे ।
प्रकाशित मिति:
September 06, 2013