नेपालमा 'स्काई मार्सल' बढाउने भारतीय तयारी
भदौ २२ । नेपाली आकाश असुरक्षित रहेको भन्दै भारतले नेपाल उडान भर्ने आफ्ना जहाजमा स्काई मार्सल बढाउने भएको छ।
स्काई मार्सल बढाउने सरकारी तयारीको विषयमा इन्डियन एक्सप्रेसको अनलाइन संस्करणलगायत अन्य भारतीय सञ्चारमाध्यमले समाचार सम्प्रेषण गरेको आजको अन्नपूर्णमा खबर छ .
भारतले हालसम्म औपचारिक रूपमा नेपालमा स्काई मार्सल राखेको छैन तर नेपालको विमानस्थलबाट भारततर्फ उड्ने यात्रुको छुट्टै सुरक्षा जाँच भने गर्दै आएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारततर्फ उड्ने यात्रुको छुट्टै सुरक्षा जाँच भने गर्दै आएको छ।
त्रिभुवन विमानस्थलबाट इन्डियन एअरलाइन्सको आईसी८ सय १४ विमान अपहरण भएको १४ वर्षपछि नेपाली आका संवेदनशील र असुरक्षित देखिएको विष्लेषण गर्दै भारतीय जासुसी निकायले हवाई सुरक्षाका लागि विशेष कामान्डो तालिम दिने निकाय नेसनल सेक्युरिटी गार्ड (एनएसजी)लाइृ स्काई मार्सल थप्न सुभाव दिएको इन्डियन एक्सप्रेसले जनाएको छ ।
प्रकाशित मिति:
September 07, 2013