प्रतिकारपछि एमाओवादीद्धारा बन्द फिर्ता
भदौ २२ । एकीकृत माओवादीले आह्वान गरेको काठमाडौं, गोरखा र चितवन बन्द फिर्ता लिएको छ ।
हिन्दू महिलाहरुको पर्व तिजको दर खाने दिन आज परेकाले बन्दको ठाउँ ठाउँमा अवज्ञा सुरु भएसँगै र तीजको दर खाने दिन बन्द गरिएको भन्दै चौतर्फी विरोध भएपछि माओवादीले बन्द फिर्ता लिएको हो ।
राजधानीको कलंकी लगायत केही ठाउँमा महिलाहरुले बन्दकर्ताको झण्डा समेत खोसेर प्रतिकारमा उत्रिएका थिए । बन्दको चौतर्फी विरोध भएपछि मध्याह्न १२ बजेदेखि माओवादीले बन्द फिर्ता गरेको हो ।
राजधानीको कलंकी लगायत केही ठाउँमा महिलाहरुले बन्दकर्ताको झण्डा समेत खोसेर प्रतिकारमा उत्रिएका थिए । बन्दको चौतर्फी विरोध भएपछि मध्याह्न १२ बजेदेखि माओवादीले बन्द फिर्ता गरेको हो ।
गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्याका आरोपी रामप्रसाद अधिकारीलाई पक्राउ गरेको विरोधमा एकिकृत नेकपा माओवादीले अकस्मात रुपमा ८ बजे देखी बन्दको घोषणा गरेको थियो ।
गएराती, प्रहरीले हत्याका आरोपी अधिकारीलाई राजधानीबाट पक्राउ गरी अनुसन्धानको लागी चितवन लगिएको विरोध स्वरुप एमाओवादीले तीन जिल्ला बन्द गराएका हुन् ।
लामो समय सम्म छोराको हत्यारालाई कारबाही माग गर्दै वीर अस्पतालमा अमरण अनसन बसेका नन्दलाल र गंगामायाले छारोको हत्यारालाई कारवाहीको माग सहित अनसनमा रहेका छन् । उनीहरुको स्वास्थ्य दिन प्रतिदिन चिन्ताजनक हुदै गएको छ ।
बन्दप्रति जनतामा तिब्र असन्तुष्टि र आलोचना बढेपछि मध्यान्ह १२ बजेपछिबाट बन्द फिर्ता लिने एमाओवादीले जनाएको छ ।
प्रकाशित मिति:
September 07, 2013