सबैले सुन्नेगरी प्रधानमन्त्री हुन पाऊँ भनी गच्छदारले दक्षिणकालिमा बोका काटे
भदौ २२ ।आगामी संविधानसभा निर्वाचनपछि प्रधानमन्त्री बन्न पाऊँ भन्दै पूर्वउपप्रधानमन्त्री तथा लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छदारले शुक्रबार दक्षिणकाली मन्दिरमा बोका काटेका छन ।
शुक्रबार बिहान नौ बजे दक्षिणकाली गएका गच्छादारले मन्दिरमा करिब १५ मिनेट पूजाआजा पनि गरेका थिए ।पूजा गरेपछि उनले बोकाको बलि दिएको एक कार्यकर्ताले बताए ।
ती कार्यकर्ताका अनुसार गच्छदारले प्रधानमन्त्री हुन पाऊँ भन्दै दक्षिणकाली भगवतीसँग आशिर्वाद मागेको आजको नयाँ पत्रिकामा खबर छ ।
वरिपरि उपस्थितिले समेत सुन्नेगरी उनले ‘प्रधानमन्त्री हुन पाऊँ’ भनेर वरदान मागेका थिए ।
पहिले आफैले निधारमा टिका लगाएका उनलाई पछि सहयोगि र कार्यकर्ताले लगाइदिएका थिए। मन्दिरमा चढाइएको बोका पार्टी कार्यकर्ताले फर्पिङमा ल्याएर प्रसाद भन्दै काटेर खाएका थिए ।

प्रकाशित मिति:
September 07, 2013