सर्लाहीको मलंगवामा बम विस्फोट ,१२ घाइते ३ जना गम्भीर

विस्फोटमा १२ जना सर्वसाधारण घाइते भएका छन् । घाइतेहरु मध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुहरुको अहिले मलंगवा जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
विस्फोटको कारण र कसले गराएको भन्ने बारे खुल्न सकेको छैन ।
विस्फोटपछि प्रहरीले अनुसन्धान तिब्र पारेको छ । विस्फोट गराउनेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति:
September 13, 2013