फेसबुकमार्फत प्रेमिकासँग ब्ल्याकमेलिङ गर्ने प्रहरी खोरमा
भदौ २४ । फेसबुकमार्फत जोडिएका समबन्धले एक युवतीले नसोचेको पीडा भोगेकी छिन् । फेसबुकमार्फत चिनजान भई प्रेमको कसम खाएका कुन्दन श्रेष्ठले ब्ल्याकमेलिङ गरेपछि युवती प्रहरीका शरणमा पुगेकी हुन् । ब्ल्याकमेलिङ गर्ने श्रेष्ठ प्रहरी खोरमा परेका परेका छन ।
केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी) ले आफ्नो प्रेमिकासँग ब्ल्याकमेलिङ गर्ने श्रेष्ष्ठलाई आइतबार पक्राउ गरेको हो । प्रहरीका अनुसार श्रेष्ठले ब्ल्याकमेलिङ गर्दै युवतीसँग १३ लाख असुलेका थिए । त्यतिले पनि नपुगेर गोप्य फोटोहरु सार्वजनिक गरिदिने भन्दै थप यातना दिएपछि युवती श्रेष्ठविरुद्ध प्रहरीको शरणमा पुगेकी हुन् । पाँच वर्षसम्म कैद सजाय हुनसक्ने विद्युतिय कारोबार ऐनअन्तर्गत प्रहरीले श्रेष्ठमाथि कारबाही चलाउने भएको नयापत्रिकामा खबर छ ।
सिआइबीका डिएसपी नरेश मल्लका अनुसार करिब ३ वर्षअघि दुईजनाबीच फेसबुकमा चिनजान भएको थियो । पछि इमेलमार्फत कुरा भइ उनीहरु प्रेमसम्बन्धमा गासिएका थिए । धेरै पटक भेटेर घुम्न पनि गएका थिए ।तर, श्रेष्ठलेयुवतीसँगको सम्बन्धलाई पैसा कमाउने माध्यम बनाएको प्रहरीले जनाएको छ । युवतीको गोप्य फोटो र भिडियो संकलन गरि गत वर्षदेखि नै ब्ल्याकमेलिङ सुरु गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
September 09, 2013