यी दुई कारणले हार्यो नेपाल !
भदौ २४ । लगभग २० हजार दर्शक आइतबार दशरथ रंगशलामा उपस्थित भएका थिए । ती मध्ये धेरैले नेपाली झण्डा र अनुहारमा नेपाल नेपाल लेखेका थिए ।
बेलुकी साढे ६ बजे हुने खेलका लागि टिकट लिन उनीहरु बिहान पाँच बजे नै लाइनमा बसेका थिए । बिहानै लाइनमा बस्दा समेत टिकट नपाएपछि उनीहरुले आक्रोश समेत व्यक्त गरेका थिए ।
यस्तैमा खेल सुरु हुनु निक्कै अगाडी मैदान प्रवेश गरेका नेपाली दर्शकहरु खेल सुरु हुनु अगाडी नै नेपाल नेपाल भनेर हुटिंग गरिरहेका थिए । खेल सुरु भएसँगै हजारौँ नेपाली दर्शकले खेलाडीलाई उत्प्रेरणा दिन हौसाईरहेका थिए । सुरुमा नेपालले राम्रै सुरुवाती पनि गरेको हो ।
तर, खेलको १० औँ मिनेट बित्न नपाउँदै अफगानिस्तानले गोल अगाडी बढाए । मुस्तफाले दिएको बल गोल रक्षकको हातमा परेपनि उनले नियन्त्रणमा लिन सकेनन् र अफगानिले विस्तारै बललाई पोष्ट भित्र पुर्यादिए । जसमा डिफेन्स लाइनको पनि उत्तिनै कमजोरी देखिन्छ ।
त्यही सानो गल्तिकै कारण नेपाल सेमिफाइनलबाट बाहिरिन बाध्य भयो । यति हुँदाहुँदै पनि नेपालले निक्कै राम्रो प्रदर्शन जारी राख्यो । डिबक्स भित्रै दुई पेनाल्टी पायो । १५ भन्दा बढी कर्नर । थ्रो उति नै । चान्सको त कुरै नगरौँ ।
यस्तो अवस्थामा गोल रक्षकले सहजै गोल नियन्त्रणमा लिन नसकेर फुत्काउनु र डिबक्सका दुई पेनाल्टी रोहित चन्दले खेर फाल्नु दुई कारण नै मुख्यतयः नेपाललाई हारमा पुर्याउने बाटो बन्यो ।
यीनै गल्तिका कारण खेल सकिएपछि अफगानी टोलि झण्डा लिएर खेल मैदानमा दगुरे भने नेपाली टोली मैदानमै लामो समयसम्म रुँदै बसीरहे ।
खेल हो हार र जित त हुनु स्वभाविकै हो । तर, उत्कृष्ट खेल प्रदर्शन गर्दागर्दै पनि गोल रक्षकको हातबाट गोल फुत्कनु र विपक्षीले गोल गर्नु र २ पेनाल्टी मिस गर्नुले नेपालीको ब्याड लक भनि हजारौँ दर्शक चित्त बुझाउन बाध्य भए ।

प्रकाशित मिति:
September 09, 2013