प्रचण्ड र बाबुरामलाई माओवादी भन्न मिल्दैन : विप्लव (भिडियोसहित)
भदौ । सरकारले मंसिर ४ का लागि निर्वाचनको मिति घोषणा गरेसँगै यसको सशक्त विरोधमा उत्रिएको नेकपा-माओवादी मिडियाको अग्रभागमा छ ।
माओवादी निर्वाचनमा आएमा निर्वाचन हुने र नआएमा त्यसले ठूलै असर मात्रै पार्ने छैन यसले । माओवादी निर्वाचनमा आएको खण्डमा राजनीतिक तवरमै उतारचढाव आउने तथा उ बाहिरै रहँदा निर्वाचन ध्वस्तै पार्ने रणनीतिमा माओवादी छ ।
यस्तै अवस्थामा केही समय अगाडी मात्रै माओवादी सचिव नेक्र विक्रम चन्द विप्लव सुटुक्कै चीन भ्रमणमा गए र सुटुक्कै फर्किए । उनको भ्रमणबारे उनी आफैँ पनि बोलेका छैनन् भने पार्टीले समेत व्यक्तिगत भ्रमण भन्दै केही बोलेको छैन ।
उनै विप्लवले चीनबाट फर्किएपछि माओवादी फुटेकै छैन भनेर सार्वजनिक रुपमा वक्तव्य दिए । के तपाईले पार्टी फुटेकै छैन भन्नु भएछ नि त, हो ? भन्ने हाम्रो प्रश्नमा उनले सहजै स्वीकार गरे । त्यसमा वास्तविक माओवादी अहिले पनि नफुटेको र प्रचण्ड र बाबुराम भने विचार र सिद्धान्त नमिलेर माओवादीबाट निस्किएका व्यक्ति मात्रै भएको तर्क गरे ।
'प्रचण्ड र बाबुरामहरु माओवादीबाट निस्किएका मात्रै हुन् । तर पार्टी उही माओवादी छ । जनयुद्धमा जनताको पक्षमा हतियार उठाउने माओवादी उही छ । सिद्धान्त र विचार त्यही छ, त्यसैले माओवादी फुटेको छैन भनेको हुँ' उनको भनाई थियो ।
प्रचण्ड र बाबुराम माओवादीबाट निस्किएका हुन् भने भविष्यमा माओवादी बन्लान् त भन्ने प्रश्नमा त्यो पनि सम्भावना रहेको औल्याए । उनले पार्टी एकताको पक्षमा आफू रहेको समेत जनाए ।
आफूले पार्टी एकताको विषयमा भन्दै र बोल्दै आएको भन्दै एउटा शक्तिशाली क्रान्तिकारी पार्टी आवश्यक रहेको समेत बताए । यस विषयमा प्रचण्ड र बाबुरामहरुसँग कुराकानी भईरहेको समेत उनले खुलासा गरे । राजनीतिक एजेण्डाहरु मिल्नेसँग नेपालको सामाजिक रुपान्तरण तथा स्वाधीनताका लागि तथा पुरानो राज्यलाई परिवर्तन गर्न पार्टी एकताको आवश्यकता रहेको उनको भनाई छ ।
उनले मिडियामा भने झैँ आफूहरु हतियार उठाउने पक्षमै रहेको भन्ने कुराको खण्डन समेत गरे । माओवादीले सेना बनाउँदैछ । हतियार उठाउँदैछ भनेर सोच्नु भ्रम मात्रै भएको उनको भनाई छ ।
देशलाई स्थिरतामा लान एक मात्रै विकल्प भनेको सहमतिबाट देशलाई अगाडी बनाउनु नै रहेको भन्दै उनले सहमति नगरिएमा चुप लागेर बस्ने भन्ने पनि नभएको जनाए । निकासका लागि पहिलो विकल्प सहमति हो भने त्यसो नभएमा विकल्प आन्दोलन नै रहेको उनको भनाई छ । यस्तो अवस्थामा युवाहरुको शक्तिलाई कमजोर नठान्न उनले चेतावी समेत दिए ।
सशस्त्र होस् या टेबुलबाट भएपनि सबै नेपाली जनतालाई एक पटक हामी नेपाली हौँ भन्न सक्ने स्वाधीन नागरिक बनाउने आफ्नो चाहना रहेको भन्दै उनले उक्त कुरा शान्तिपूर्ण तरिकाबाटै होस् भन्ने चाहेको जनाए । तर जनताको कुरा नसुनेर जनतालाई झन् पराधीन बनाउने, झन कंगाल बनाउने खेल खेलेमा भने ती कार्यहरु आफूहरुलाई स्वीकार्य नहुने बताए । जनतालाई अधिकार दिलाउन टेबुल उपयोगी नभएमा भने सशस्त्र संघर्ष पनि स्वीकार गर्नुपर्छ भन्ने आफ्नो मान्यता रहेको उनको अडान छ ।

प्रकाशित मिति:
September 07, 2013