यसरी पुग्नेछ सेमिफाइनलमा नेपाल
भदौ २० । सेमिफाइनलको यात्रा तय गर्न आज नेपाल र भारतबीच प्रतिस्पर्धा भईरहेको छ । समूह चरण अन्तर्गत एक खेलमा जित र एक खेल बराबर गरेर समान अंक ४ जोडेका यी दुई देशबीचको खेल निक्कै महत्वपूर्ण मानिएको छ ।
आजको खेलमा दुई टोलि बराबरी खेलेमा दुवै टोलि सहजै सेमिफाइनलमा प्रवेश गर्नेछन् । तर एक टोलि हारेको खण्डमा आजै हुने पाकिस्तान र बंगलादेशबीचको खेलले ठूलो प्रभाव पार्नेछ ।
समूह चरणमा गोल अन्तरले सबैभन्दा अग्रस्थानमा रहेको नेपाल आजको खेलमा हारेमा र पाकिस्तानले बंगलादेशलाई फराकिलो गोल अन्तरले अग्रता लिएमा नेपाल बाहिरिन बाध्य हुनेछ । यस्तै भारत नेपालसँग हारेमा र बंगलादेशले पाकिस्तानलाई गोल अन्तरले हराएमा भारत पुनः बारिन पुग्नेछ ।
यसो हुँदा आज ४ वटै टोलिको सेमिफाइनल यात्रा जिवितै रहेको छ । तर, यसमा सबैभन्दा बढी नेपाललाई र दोस्रोमा भारतलाई सहज छ । यी टोलि बराबर खेलेमा सहजै सेमिफाइनल प्रवेश गर्नेछन् भने एक टोलि हारेको खण्डमा पनि बंगलादेश तथा पाकिस्तान एक टोलिले ठूलो गोल अन्तरमा जित्नैपर्ने बाध्यता छ ।
आज बंगलादेश र पाकिस्तानले बराबरी खेले भने नेपाल र भारत सीधै सेमिफाइनलमा जानेछन् । नेपालले भारतलाई जित्यो भने नेपाल सीधै सेमिफाइनलमा जानेछ। नेपाल र भारतले बराबरी खेले भने दुवै टिम सेमिफाइनलमा जानेछन्।
तर बंगलादेश र पाकिस्तान दुई मध्ये कसैले ठूलो अन्तरले जित्यो र बिहीबारै हुने खेलमा नेपालले भारतसँग ठूलो अन्तरले पराजय भोग्यो भने नेपाल प्रतियोगिताबाट बाहिरिन सक्छ । तर अहिलेसम्मको नतिजा हेर्दा नेपाल विभिन्न कोणबाट पनि सेमिफाइनल यात्रामा प्रवेश गर्ने निश्चित जस्तै छ ।
सेमिफाइनल यात्राको सुनिश्चितताका लागि हाम्रो पनि अग्रिम शुभकामना !!!

प्रकाशित मिति:
September 05, 2013