जुत्ताको माला लगाएकै ठाउँमा अबीर र फुलमालाले स्वागत
भदौ २१ । डेढ महिनाअघि गाउँलेले कालो मोसो दलेर जुत्ताको माला लगाई दुव्र्यवहार गरेपछि विस्थापित मोरङको बेलबारी-
३ की माया सार्की बिहीबार घर फर्केकी छन् ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलको नेतृत्वको टोलीले मायालाई फूलमालासहित पुनःस्थापना गरेको छ ।
राष्ट्रिय मानव अधिकार, दलित आयोग, सञ्चारकर्मीसहित एक दर्जनभन्दा बढी प्रतिनिधिहरूले मायालाई घर भित्र्याएका छन् ।
उनलाई कालो मोसो दलिएको स्थानमै फूलमाला र अबिर दलेर गाउँमै लगेर पुनस्थापित गरिएको छ । अबिर र फूलमाला लगाउँदा मायाले हर्षका आँसु खसालेको कान्तिपुर दैनिकमा खबर छ ।

प्रकाशित मिति:
September 06, 2013