साउदीमा ड्राइभिङ गरेको अभियोगमा ६० महिला प्रक्राउ
प्रक्राउ परेका प्रत्येक महिलालाई ८० डलर जरिवाना तिराइएको छ भने पुन: गाडी नचलाउने सर्तमा उनी हरुलाई परिवारको पुरुष व्यक्तिलाई जिम्मा लगाइएको छ ।
सउदी अरबमा सन् १९९० देखी महिलाहरुलाई ड्राइभिङ गर्न रोक लगाइएको थियो ।
सउदी अरबका महिलाले पुरुषले जस्तै महिलाले पनि ड्राइभिङ गर्न पाउनु पर्ने भन्दै माग राखिरहेका छन् । तर सरकारले यस बिषयमा तयार भएको छैन ।
प्रसासनले कारवाही गरेपछि केही महिलाहरुले राजधानी रियादमा बिरोध स्वरुप केही समय यातायात अवरुद्ध गराएका थिए । बिरोधको कारण रियादमा ट्राफिक समस्या देखा परेको थियो । - एजेन्सी
प्रकाशित मिति:
October 28, 2013