सडक अवरुद्ध पछि प्रचण्ड हेलिकप्टरमा ओखलढुंगा जाने
कार्तिक ११ । एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ओखलढुंगा आउने भए पछि नेकपा माओवादीले ओखलढुंगा जिल्ला बन्द गराएको छ ।
बन्दका कारण सडक अवरुद्ध भएपछि प्रचण्ड हेलिकप्टर चढेरै ओखलढुंगा जाने भएका छन् । नेकपा माओवादीले प्रचण्डको चुनाबी कार्यक्रम बिथोल्न माओवादीले जिल्ला बन्द गराएको जनाएको छ ।
बन्दका कारण बिहानै देखी लामो तथा छोटो दुरीको सवारीहरु चलेका छैनन् ।ओखलढुंगामा प्रचण्ड आउने भएपछि उनको सुरक्षाको लागी प्रहरी प्रसासनलाई भ्याइनभ्याइ भएको बताइएको छ ।
बन्दका कारण सदरमुकाम ओखलढुंगा, हर्कपुर, जयरामघाट,पत्ताले लगायतका स्थानमा ठुलो सख्यामा प्रहरी खटाइएको छ ।

प्रकाशित मिति:
October 28, 2013