कांग्रेस उम्मेदवार नरहरी आचार्यको गाडीमा राजधानीमै आगजनीको प्रयास
कात्तिक ११ । काठमाडौँ क्षेत्र नम्बर ५ बाट दोस्रो संविधानसभा निर्वाचनका लागि नेपाली कांग्रेसका उम्मेदवार नरहरी आचार्यको गाडीमा आगजनीको प्रयास भएको छ ।
नेता आचार्यले प्रचार प्रसारको लागि प्रयोगमा ल्याएको बा ६ च ४१९ नम्बरको गाडीमा काठमाडौको धापसी गाविसको कृण्ण मन्दिर नजिकै आगजनीको प्रयास गरिएको हो ।
प्रचार प्रसारको क्रममा धापासीमा रहेको उक्त गाडी रोकेर राखिएको अवस्थामा मोटरसाईकलमा आएको एक समुहले आगजनी गरी फरार भएका छन् ।
आगजनीबाट गाडीको अगाडीको भाग सामान्य क्षति पुगेको बताईको छ । घटनामा संलग्नहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति:
October 28, 2013