प्रचण्डको काठमाडौं क्षेत्रस्थित माओवादी कार्यालयमा प्रहरी छापा, सबै समान जफत
कात्तिक ११ । नेकपा–माओवादीको काठमाण्डौँ निर्वाचन क्षेत्र नम्बर १० पार्टी सम्पर्क कार्यलयमा प्रहरीले छापा मारेको छ ।
कार्यालयमा भएका सबै समानहरु प्रहरीले छापा मारेर लगेको माओवादीले जनाएको छ ।
काठमाडौँ किर्तिपुरमा रहेको पार्टी सम्पर्क कार्यालयमा प्रहरीले गए राति नौ बजे छापा मारेको माओवादीले जनाएको छ ।
प्रहरीले रातीको समयमा छापा मारेर कार्यलयमा भएका सम्पुर्ण कागतपत्र, फर्निचर, झण्डा लगायत कार्यलय प्रयोजनमा रहेका समाग्री सवै लगेको माओवादीको भनाई छ ।
लोकतान्त्रिक ब्यवस्थामा निर्वाचन वहिस्कार गर्न र प्रचार प्रसार गर्न पाउने अधिकार रहने भए पनि सरकार र सुरक्षा निकायले माओवादीप्रति दमनको नीति लिएको भन्दै पार्टि प्रवक्ता पम्फा भुषालले विरोध जनाएकी छन् ।
उनले निर्वाचन गर्ने बहानामा पार्टिविरुद्ध दमन गर्नु लोकतनत्रकै उपहास भएको बताइन् । प्रवत्ता भुषालले यस्ता हर्कतहरु रोक्न सरकार र सम्वन्धीत पक्षलाई चेतावनी पनि दिएकी छिन् ।
मंसिर ४ गतेको लागि दोस्रो संविधानसभा निर्वाचनको लागि काठमाण्डौँ क्षेत्र नम्बर १० बाट एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल उम्मेदवार बनेका छन् ।
दाहालको क्षेत्र भएकोले त्यस क्षेत्रमा अध्यक्ष दाहालकै निर्देशनमा प्रहरीले विशेष निगरानी बढाएको बताइएको छ ।
नेकपा माओवादीले आफूहरुलाई संविधानसभा बाहिर राख्न एमाओवादी अध्यक्ष प्रचण्डकै मुख्य भूमिका रहेको भन्दै उनी केन्द्रित चुनाव विरोधी कार्यक्रम बढाएर लगेपछि प्रचण्डको निर्वाचन क्षेत्रमा प्रहरीले छापा मारेको बताइएको छ ।
प्रकाशित मिति:
October 28, 2013