प्रचण्डकी छोरीलाई पनि सोधियो स्पष्टिकरण
कात्तिक ११ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेणु दाहाललाई निर्वाचन आयोगले आचारसंहिता विपरित काम गरेको स्पष्टिकरण सोधेको छ ।
रंगीन फोटोसहितको क्यालेन्डर वितरण गरेको उजुरी आयोगमा परेपछि उनलाई तीन दिनभित्र जवाफ पठाउन आयोगले निर्देशन दिएको छ ।
आयोगमा एमाओवादी समानुपातिक उम्मेदवार बालकृष्ण ढुंगेल, अनिताकुमारी परियार र धनमाया विकविरुद्ध पनि उजुरी परेको अन्नपूर्णमा खबर छ ।
ढुंगेल ज्यान मुद्दामा सर्वोच्च अदालतबाट जन्मकैद सजाय पाएका तथा परियार र विक दलित आयोगमा बसेर सरकारी लाभको पद लिएको भन्दै उम्मेदवारी खारेजीको माग गरिएको छ ।
यस्तै, आयोगले एमाले महासचिव ईश्वर पोखरेलको चरित्रमाथि प्रश्न उठाएर लेख प्रकाशन गरेको भन्दै रातोपाटी डटकमसँग पनि स्पष्टीकरण सोधेको छ ।

प्रकाशित मिति:
October 28, 2013