• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
News, photo Gallary » सुत्केरीलाई ल्याइएका कुखुरा बहाना बनाई बनाई प्रहरीबाटै गायब
सुत्केरीलाई ल्याइएका कुखुरा बहाना बनाई बनाई प्रहरीबाटै गायब

कात्तिक ४ । सुत्केरीका लागि भनेर ल्याइएको कुखुरा प्रहरीले गायब बनाएको खुलासा भएको छ ।

सुत्केरी छोरी भेट्न ओखलढुंगा रुम्जाटारका मीठु सार्की २ जना सहयोगीसँग सिन्धुली-काभ्रे हुँदै लोकल कुखुरा बोकेर काठमाण्डौं आउने क्रममा कुखुरा गायब बनाइएको हो ।

शनिबार बिहान जगाती आइपुग्दा महानगरीय प्रहरी वृत्तका प्रहरीले उनीहरुलाई रोके र कुखुरा मागेका थिए । उनीहरुसँगै आएका पुष्प पोख्रेल र बच्चुराम गुरुङका हातमा पनि कुखुरा थिए । आफूहरु सुत्केरी भेट्न आएकाले कुखुरा नदिने बताएपछि प्रहरीले मीठुसँग १ हजार रुपैयाँ मागे । पैसा र कुखुरा दुवै नपाएपछि प्रहरीले ६ वटै कुखुरा लिएर हिँडे । र, बहाना बनाए । कुखुरालाई बर्डफ्लु लागेको छ । जबकी प्रहरीले यसरी पशुपन्छी नियन्त्रणमा लिन पाउँदैन, त्यो काम पशु क्वारेन्टाइनको हो ।

‘कुखुरा फुत्काउन अनेक गरे,’ काठमाण्डौं आएपछि मीठुले भनिन् ‘सुरुमा एउटा कुखुरा मागे, दिन्नौं भनेपछि केहीबेर अलमल गरेर सबै दिएर गए । बर्डफ्लु लागेको पो भने ।’

उनीसँग जीपमा आएका पुष्प र बच्चुसँग भएका ३ वटा कुखुरा पनि बिरामी भएको भन्दै प्रहरीले गायब बनाएको मीठुको भनाई छ। दुवैले काठमाण्डौंमा बस्दै आएका रुम्जाटारका बद्रीकाजी गुरुङलाई ती कुखुरा ल्याइदिएको कारोबार दैनिकमा खबर छ ।

प्रकाशित मिति: October 21, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • Miss Nepal Payal Shakya 2004
  • EC directs govt to halt Nepal Police transfers
  • आजको राशिफल September 23, 2013
  • तह थपबारे एमाले चुप बस्ला ? अब यस्तो हुनेछ राजनीति, यसरी हुनेछ चुनाव !
  • AISC recommends 4171 news posts in Nepal Army
गृह पृष्ठ |