एनआरएनए अध्यक्षमा शेष घले विजयी
अपडेट कात्तिक ४ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा शेष घले विजयी भएका छन् ।
काठमाडौंमा भएको छैटौं महाधिवेशमा तेन्जी शेर्पालाई हराउँदै अष्ट्रेलियाका धनाध्य शेष घले अध्यक्षमा विजयी भएका हुन् ।
आज बिहान सम्पन्न मतदान गणनानुसार घलेले ५ सय १० मत पाए भने प्रत्यासी शेर्पाले २ सय ८० मत पाएका छन् ।
संघको अन्य पदाधिकारीमा पनि घलेकै पक्षका बढी छन् । उपाध्यक्षमा भवन भट्ट, महासचिवमा कुमार पन्त, सचिवमा रन्जु थापा र कोषाध्यक्षमा बद्रि केसी निर्वाचित भए ।
एमाओवादी र कांग्रेसको समर्थन पाएका घलेलाई समर्थन गर्दै तीन प्रतिस्पर्धी रामप्रताप थापा, रामेश्वर साह र हितमान गुरुङले उम्मेदवारी फिर्ता लिएपछि उनी अध्यक्षमा भारी मतले विजयी हुन पुगेका हुन् । शेर्पालाई भने एमालेको समर्थन थियो ।
संघको एसिया संयोजकमा गंगा राई, उपसंयोजकमा रोविन्द्रप्रसाद श्रेष्ठ, यूरोप संयोजकमा अर्जुन श्रेष्ठ, मध्यपूर्व संयोजकमा चन्द्र रोका र अफ्रिका संयोजकमा हिक्मत थापा विजयी भएका छन् ।
सन् २००३ मा स्थापना भएको एनआरएनको नेतृत्व पहिलोपटक निर्वाचनबाट चुनिएको हो । यसअघि सर्वसहमतिमा नेतृत्व चयन हुँदै आएको थियो ।
लमजुङमा जन्मिएका घलेले सोही जिल्लाबाट एसएलसी गरेका थिए । पछि युक्रेनको खार्कोभबाट सडक इन्जिनियरिङ्मा स्नातकोत्तर गरेर उनी जागिरेसमेत बनेका थिए । एमबीए पढ्न अस्ट्रेलिया गएका उनी पछि भने मेलबोर्नको मेलबोर्न इन्स्टिच्युट अफ टेक्नोलोजी र त्यहाँको रियल स्टेट व्यापारमा स्थापित भएर अर्बपति बनेका छन् ।
त्यहाँको बिजनेस रिभ्यु विक्ली पत्रिकाद्वारा यस वर्ष सूचीकृत अर्बपतिहरूमध्ये उनी १ सय ८०औँ नम्बरमा छन् ।

प्रकाशित मिति:
October 21, 2013