त्रिभुवन विमानस्थल कालोसूचीको खतरा नजिक
कार्तिक ९ । विमान कम्पनी र तिनको नियमक निकायले यात्रुको सुरक्षामा पर्याप्त ध्यान नदिएका कारण मुलुकको उडान क्षेत्र युरोपेली युनियनको कालोसूचीमा पर्ने खतरा बढेको छ ।
नागरिक उड्डयन प्राधिकरण तथा विमान कम्पनीले लापरबाही गरेको भन्दै युरोपियन युनियनले उक्त चेतावनीसहितको पत्र पठाएको छ । युनियनले गत सेप्टेम्बर अन्तिममा चेतावनीसहितको पत्र प्राधिकरणलाई पठाएको छ ।
हवाई सुरक्षामा विश्वास गर्न सक्ने आधार देखेनौं,’ भन्दै युनियनले प्राधिकरणलाई चेतावनी दिएको हो ।
युनियनले देश वा कुनै एक कम्पनीलाई निषेध गर्न सक्छ ।
देशलाई नै कालोसूचीमा राखिए यहाँका सबै कम्पनीले युरोपियन युनियनभित्रका देशमा उडान भर्न पाउने छैनन् । कम्पनी तोकिए उक्त संस्थालाई मात्र निषेध गरिने छ ।
उक्त खतराबाट टार्न अब नेपाली अधिकारीहरुले सुरक्षाको पर्याप्त तयारी रहेको देखाउनुपर्नेछ । प्राधिकरण स्रोतका अनुसार आगामी नोभेम्बरको तेस्रो साता युनियनको ‘हवाई सुरक्षा कमिटी’ बैठकमा प्राधिकरणका महानिर्देशक तथा सबै आन्तरिक विमान कम्पनीका प्रतिनिधिहरुले उनीहरुको शंका मेटाउन सक्नुपर्ने आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रकाशित मिति:
October 26, 2013