नेपाली राहदानी स्वतन्त्रताका दृष्टिले खराब
असोज १८ ।नेपाली राहदानी विश्वकै खराब सातको सूचीमा परेको छ। बिनाभिसा प्रवेश गर्न सकिने देश (यात्रा स्वतन्त्रता)संख्याको आधारमा विश्वकै खराब सातको सूची परेको हो।
विश्वका २३ भन्दा बढी देशमा कार्यालय रहेको हेन्ली एन्ड पार्टनर्सको ग्लोबल भिसा रेस्ट्रिक्सन इन्डेक्स २०१३ नामक अध्ययन प्रतिवेदनमा नेपाली राहदानीलाई यात्रा गर्ने स्वतन्त्रताका दृष्टिले खराब देखाइएको छ । १ सय ९८ देश समेटिएको सूचीमा नेपाल १९२औं नम्बरमा परेको नागरीक दैनिकमा खबर छ ।
सूचीमा रहेका देशलाई यात्रा स्वतन्त्रताका आधारमा ९३ स्थानमा विभाजन गरिएको छ जसमा नेपाल ८९औं स्थानमा परेको छ । समान अंकका साथ केही देश एउटै स्थानमा रहेकाले सूचीमा रहेका देशको संख्याभन्दा उनीहरूको स्थान कम देखिएको हो । खराब राहदानीको सूचीमा नेपाल पछाडि इरिट्रिया, प्यालेस्टाइन, पाकिस्तान, सोमालिया, इराक र अफगानिस्तान छन् ।

प्रकाशित मिति:
October 04, 2013