जनताको विकास हाम्रो एजेण्डा : देउवा
कात्तिक १४ । नेपाली काग्रेंसका वरिष्ठ नेता तथा पुर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काग्रेंसको मुख्य एजेण्डा पद नभई नेपाली जनताको बिकास भएको बताएका छन् ।
बिहिवार कैलालीको फुलवारीमा पार्टीले आयोजना गरेको चुनाबिसभालाई सम्बोधन गर्दै नेता देउवाले नेपाली काग्रेसलाई कुनै पदसंग लोभ नभएको दाबि गर्दै नेपाली काग्रेंस जनताको बिकास मात्रै चाहेको बताए ।
उनले भने – पदका लागि हामी चुनाब प्रचार प्रसारमा आएका होईनौ, तपाईका जनमतबाट तपाईकै बिकास गर्न र तपाईलाई अधिकार दिन आएको हौ । नेता देउवाले सुदुरपश्चिमभर काग्रेंसको पक्षमा देखिएको जनमत अब कुनै पनि शक्तिले रोक्न नसक्ने बताए ।
उनले आफूमाथि सुदूरपश्चिम विश्व विद्यालय कैलालीमा नभई कञ्चनपुरमा सारेको भन्ने आरोपको स्पष्टीकरण दिदै बिश्वबिद्यालयको कार्यालय जुनसुकै ठाँउमा भएपनि कैलालीबाट पनि केहि कामकाज संचालन गर्न सकिने बताए ।
गृह जिल्ला डडेल्धुरा संगै कैलाली क्षेत्र नम्बर ६ बाट समेत उमेदवार बनेका नेता देउवाले गृह जिल्लामा प्रचारप्रसार पछि कैलालीमा पनि चुनाब प्रचार प्रसारको कार्य शुरु गरेका छन । बिहिवार उनले एनेकपा माओवादीकि उमेदवार लिला भण्डारीको गाबिस फुलवारीबाट आफ्नो चुनाब प्रचारप्रसारको पहिलो कार्यक्रम शुरु गरेका छन् ।

प्रकाशित मिति:
October 31, 2013