गोली हान्ने प्रहरीलाई कारवाहीको माग सहित स्याङ्जा बन्द
कार्तिक १३ । स्याङ्जाको चापाकोट प्रहरीले गोली चलाएर २ जनाको मृत्यु भएको बिरोधमा आज कांग्रेसको भ्रातृ संगठन तरुण दलले आज जिल्ला बन्दको स्याङ्जा बन्द गराएको छ ।
बन्दका बिहानै देखी यातायात , करकारखाना , शैक्षिक संस्था, बजार खुलेका छैनन् ।
स्थानियबासीले उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गरी घटनाका दोषीलाई कारबाही गगाडी बढाउनु पर्ने , जिल्ला प्रहरी प्रमुख आभुषण तिमल्सिना र प्रहरी निरीक्षक कृष्ण थापालाई बर्खास्त गरी मृतकका परिवालाई उचित क्षतिपूर्ति दिनुपर्ने लगायतका माग राख्दै अनिश्चितकालिन स्याङ्जा बन्द आवाहन गरेका हुन् ।
हिजो स्थानीय माया बिकको आत्महत्याबारे प्रहरीले गरेको अनुसन्धान चित्त नबुझेको भन्दै थप अनुसन्धानका लागि दबाब दिन पुगेका स्थानीय र प्रहरी बिच झडप हुदा प्रहरीले चलाएको गोली बाट २ जनाको मृत्यु भएको थियो ।
गोली लागी मुत्यु भएका सुर्य आलेको शव पोखरा लगिएको छ भने कृष्ण भट्टराईको शव स्याङ्जा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
October 30, 2013