• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Economic » चार मुलुकका १५ कम्पनीमा नेपाली कामदार पठाउन रोक
चार मुलुकका १५ कम्पनीमा नेपाली कामदार पठाउन रोक

कात्तिक ४ । सरकारले विभिन्न चार देशका १५ वटा कम्पनीमा थप नेपाली कामदार पठाउन रोक लगाएको छ ।

कतार, मलेसिया, कुवेत र यूएईका १५ कम्पनीले करार सम्झौताविपरीत काम लगाउने र समयमा तोकिएको तलबसुविका नदिएको विषयलाई लिएर कामदार पठाउन रोक लगाएको हो ।

उक्त देशका राजदूतहरुको सिफारिसमा ती देशहरुका कम्पनीहरुमा वैदेशिक रोजगार विभागले श्रम स्वीकृति दिन रोकेको हो ।

रोक लगाइएका कम्पनीमा कतारको इजिप्सन गल्फ फोर ट्रेडिङ्ग एण्ड कन्स्ट्रक्सन, सेभेन गु्रप कम्पनी, कालोस ट्रेडिङ एण्ड कन्स्ट्रक्सन, अल दहाव ट्रेडिङ एण्ड कन्ट्रयाकिटङ, नसिर सहिद अलि हजारी कन्टी कम्पनी, डिसिफोर सर्भिस लिगिस्टाच, नर्थ इस्पिच ट्रेडिङ एण्ड कन्ट्रयाक्टिङ्ग, न्यु होराइजन मेन्टेनेन्स एण्ड डेकोटिङ र बुम जनरल कन्ट्रयाक्टर डब्लूएलएल कम्पनी छन् ।

त्यसैगरी, कुवेतको केएलजी कम्पनी, इलाइट युभिर्सल, रिजनल गेट कम्पनी र अल हाना युनाइटेड जनरल ट्रेडिङ एण्ड कन्ट्रोलिङ कम्पनीका साथै मलेसियाको कार्पेट राया म्यानुफ्याक्चरिङ्ग एसबी र यूएईको एफएसई कम्पनी रहेका छन् ।

प्रकाशित मिति: October 21, 2013

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • Miss Nepal Payal Shakya 2004
  • EC directs govt to halt Nepal Police transfers
  • आजको राशिफल September 23, 2013
  • तह थपबारे एमाले चुप बस्ला ? अब यस्तो हुनेछ राजनीति, यसरी हुनेछ चुनाव !
  • AISC recommends 4171 news posts in Nepal Army
गृह पृष्ठ |