माओवादीका शिर्ष नेतासहित २५० जना सुरक्षाफौजको उच्च निगरानीमा
कात्तिक ६ । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरण, उपाध्यक्ष सीपी गजुरेल, महासचिव रामबहादुर थापा, सचिवद्वय नेत्रविक्रम चन्द र देव गुरुङ, प्रवक्ता पम्फा भुसाल, खड्गबहादुर विश्वकर्मासहित चुनावको विपक्षमा रहेका २५० नेतालाई सुरक्षाफौजले उच्च निगरानीमा राखेको छ ।
निर्वाचनको समय नजिकिँदै गर्दा निर्वाचन विरोधी गतिविधिलाई ध्यानमा राख्दै २ सय ५० जना नेता तथा कार्यकर्ता सुरक्षाफौजको उच्च निगरानीमा परेका हुन् ।
राजधानी दैनिकमा प्रहरीका उच्च स्रोतलाई उदृत गर्दै छापिएको खबर अनुसार केन्द्रीय नेताहरूको अतिरिक्त ७५ ओटै जिल्लाका इन्चार्ज, राज्य समिति सदस्य तथा जनवर्गीय संगठनका प्रमुख पनि निगरानीमा परेका छन्।
नेकपा माओवादीका नेताहरु मात्रै नभएर निर्वाचनविरोधी जोसुकै पनि निगरानीमा रहेको प्रहरी अधिकारीहरूको भनाई छ ।
शान्तिपूर्ण विरोधमा हस्तक्षेप नभए पनि अवरोध, आक्रमण वा बिथोल्न खोजे कारबाही गरिनुका साथै उनीहरूलाई नियन्त्रणमा समेत लिन सकिने प्रहरी प्रधान कार्यालय स्रोतको भनाई छ ।

प्रकाशित मिति:
October 23, 2013