सुनको भाउमा फेरि गिरावट
काठमाडौं, असोज ३१
सुनचाँदीको भाउ अघिल्लो दिनको तुलनामा विहीबार घटेको छ ।
सुन तोलामा ११ सय रुपैयाँले घटेर ५४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेस्तै चाँदी तोलामा १० रुपैयाँले घटेको छ । विहीबार चाँदीको भाउ तोलामा ९ सय ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । भाउ घटेपनि यतिबेला सबैजना दशैंको माहोलमा व्यस्त रहेकाले कारोबार भने खासै राम्रो नभएको सुनचाँदी व्यवसायीले बताएका छन् ।
प्रकाशित मिति:
October 17, 2013