नेपाली सेना समेत लाठी लिएर चुनावी ड्युटीमा
असोज २० । बारा ४ का एमाले उम्मेदवार महमुद आलममाथि गोली हानिएपछि गृहमन्त्रालयमा शुक्रबार आकस्मिक सुरक्षा सम्बन्धी बैठक बसेको छ ।
बैठकमा प्रहरी महानिरीक्षक कुबेरसिंह रानाले नेपाली सेनालाई समेत लाठी लिएर ड्युटीमा लगाउनुपर्ने प्रस्ताव अघि सारेका छन् ।
निर्वाचन सुरक्षा योजनाको मुख्य कार्यान्वयनकर्ता नेपाल प्रहरी प्रारम्भमै हतोत्साही र हास्यास्पद प्रस्तावसाथ सुरक्षा बैठकमा प्रस्तुत भएपछि गृहका अधिकारी आश्चर्यमा परेको आजको अन्नपूर्णमा खबर छ ।
सेनालाई लाठी बोकाउने मात्र होइन आक्रमणमा परेका एमाले उम्मेदवार आलमलाई निर्वाचन अवधिभर भेन्टिलेटरमै राख्नुपर्ने प्रस्तावसमेत रानाले बैठकमा राखेको बताइएको छ ।
प्रहरी प्रमुखको यस्तो प्रस्तावले आसन्न निर्वाचनमा उम्मेदवारको सुरक्षाप्रति गम्भीर प्रश्नसमेत खडा गरेको छ ।

प्रकाशित मिति:
October 06, 2013