एक लिटर मट्टितेलसहित विद्यार्थी नेता मध्यरातमा गिरफ्तार
कात्तिक २९ । सुरक्षाकर्मीले एक विद्यार्थी नेताको घरमा छापा मार्दा अरु केही फेला नपारेपछि मट्टितेल भेटाउँदा समेत गिरफ्तार गरेको छ ।
चाबहिलमा सुतिरहेको अवस्थामा गएराती ११ बजे कोठामा छापा मारेको थियो । कोठामा छापा मार्दा अन्य केही नभेटेपछि एक लिटर खाना पकाउन प्रयोगका लागि ल्याएको मट्टितेलसहित विजयदेव भट्टराईलाई गिरफ्तार गरेको छ ।
सुरक्षाकर्मीले भट्टराईका बुवा, बहिनी, श्रीमती र उनीसहितको ५ वटा मोबाइल समेत लगेको उनका परिवारले जनाएका छन् ।
ठाउँ ठाउँमा अज्ञात समूहले पेट्रोल बम हानिरहेको अवस्थामा प्रहरीले मट्टितेललाई समेत शंकास्पद वस्तु भनेर लगेको आशंका गर्दै भट्टराई माओवादी कार्यकर्ता भएपनि निर्दोष भएकाले तत्काल रिहाई गर्न परिवारले माग गरेका छन् । उक्त मट्टितेल खाना बनाउनका लागि प्रयोग गर्न ल्याएको उनकी श्रीमती अनिताले बताइन् ।
'राती सुतिरहेको अवस्थामा आएर जबरजस्ती सोधपुछ गर्न भन्दै उहाँलाई लगे, सबैको मोबाइल समेत लगेका छन् । खाना बनाउन ल्याएको मट्टितेल समेत लगे' उनले भनिन् ।
विजय नेकपा माओवादी निकट अखिल क्रान्तिकारीका नेता हुन् । उनलाई माओवादी भएकै कारण घरमा छापा मारेको सुरक्षा स्रोतले जनाएको छ ।
यसरी मट्टितेल नै भेटाउँदा प्रहरीले पक्राउ गर्न थालेपछि सर्वसाधरण भने झनै त्रासित बनेका छन् ।

प्रकाशित मिति:
November 15, 2013