एमाओवादीका सबैभन्दा बढी उम्मेदवारहरुको जमानत जफत
मंसिर १० । केही दिन अघि सम्पन्न संविधानसभा दोस्रो निर्वाचन अन्तर्गत एमाओवादीका ३८ जनाको जमानत जफत गरिएको छ ।
निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत एमाओवादीका सबैभन्दा बढी उम्मेदवारहरुको जमानत जफत भएको हो ।
खसेको सदर मतको १० प्रतिशत मत पनि प्राप्त गर्न नसक्ने उम्मेदवारको जमानत जफत हुने व्यवस्था छ ।
जसमा एमाओवादीका २ सय ३९ उम्मेदवारमध्ये ३८ जना उम्मेदवारहरुको जमानत जफत भएको हो भने एमालेका २१ र नेपाली कांग्रेसका ८ जना उम्मेदवारको जमानत जफत गरिएको छ ।
जमानत जफत हुने नाम चलेका नेताहरुमा काठमाडौं ५ र ८ बाट माओवादी नेता महेन्द्रकुमार श्रेष्ठ र मुक्ति प्रधान पनि छन् ।
निर्वाचन ऐन अनुसार प्रत्यक्षतर्फ उम्मेदवार दर्ता गराउन ३ हजार रुपैपा धरौटी स्वरुप आयोगका संबन्धित कार्यलयहरुमा बुझाउनुपर्ने हुन्छ ।
निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार सप्तरी २ बाहेक २ सय ३९ क्षेत्रमा कुल ६ हजार ७७ उम्मेदवारहरु मध्ये जम्मा ७ सय ९२ जना विभिन्न राजनीतिक दलका उम्मेदवारहरुले मात्र जमानत बचाउन सफल भएका छन्।
प्रकाशित मिति:
November 25, 2013