• गृह पृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • समाचार विशेष
  • राजनीति
  • आर्थिक
  • सेरोफेरो
  • डबली
  • विज्ञान प्रविधि
  • घुमफिर
  • प्रितिबाट युनिकोड
Powered by Blogger.
Main News, photo Gallary, Sports » नेपालले जित्यो अमेरिकालाई, डिभिजन २ मा पुग्ने सम्भावना बलियो
नेपालले जित्यो अमेरिकालाई, डिभिजन २ मा पुग्ने सम्भावना बलियो

काठमाडौ, कार्तिक ११ । आईसीसी  क्रिकेट लिग डिभिजन ३ अन्तर्गत  मंगलबार भएको नेपाल र अमेरिकाबीचको खेलमा नेपाल १० रनले विजयी भएको छ ।

 बर्षाले खेल बीचैमा रोकिए पछि  डकवर्थ लुइस नियमको आधारमा नेपाल विजयी भएको हो मलेशियामा जारी खेलमा हिजो अमेरिकाले दिएको २०५ रनको लक्ष्य पछ्याउने क्रममा पानी परेर अवरुद्ध खेल आज पुन खेलाइएको थियो । आज भएको खेलमा टस जितेर व्याटिङ थालेको अमेरिकाले  निर्धारित ५० ओभरको समाप्तीमा ९ विकेट गुमाएर २२३ रन जोडेको थियो ।

२२४ रनको लक्ष्य पार्इ जवाफी ब्याटिङमा उत्रेको नेपालले २२ ओभरमा १ विकेट गुमार्इ क्षतिमा ७१ रन जोड्दा बर्षाले खेल अवरुद्ध पारेपछि डकवर्थ लुइस नियमको आधारमा निर्णय गरिएको हो ।

यो जितसँगै नेपाल डिभिजन २ मा उक्लिने सम्भावना बलियो भएको छ । नेपाल समूह तालिकाको शीर्ष स्थानमा छ ।अमेरिकाका लागि  फहाद बहारले ५९ रन बनाए । त्यस्तै तिमिल पटेलले ३९ रनको योगदान गरे । ओपनर स्टेभेन टेलर ३६ रन जोडे ।१४ औं ओभरको पाँचौं बलमा नेपालले टेलरलाई आउट गरेर पहिलो विकेट लिएको थियो ।नेपालको लागि अविजित ४९ रन जोडेका सुबास खकुरेल म्यान अफ दी म्याच घोषित भए । उनले ८२ बलको सामना गर्दै अर्धशतक नजिक पुगेको बेला वर्षाले खेल प्रभावित बन्यो । खकुरेलले चार चौकाको मद्दतले टोलीको जीतमा महत्वपूर्ण योगदान गरे ।उपकप्तान ज्ञानेन्द्र मल्लले २२ रन बनाए । नेपालको लागि शक्ति गौचनले १० ओभर बलिङ गर्दै ३० रन खर्चेर ३ विकेट लिए । बसन्त रेग्मी र सागर पुनले २–२ विकेट लिए ।नेपालले आफ्नो दोस्रो खेल भोलि मलेसियासँग खेल्नेछ । प्रतियोगिताको शीर्ष दुई स्थानमा रहने टोली डिभिजन २ मा बढूवा हुनेछन् , पुच्छारका २ टोली डिभीजन ४ मा घटुवा हुनेछन् भने बाँकी
२ टोली डिभीजन ३ मा यथावत रहने छन्   ।

(अाजको खेलपछि आईसीसी  क्रिकेट लिग डिभिजन ३ प्रतियोगिताको अंक तालिका यस्तो छ ।

प्रकाशित मिति: October 28, 2014

यसमा तपाईको प्रतिक्रिया

नयाँ समाचारहरु पूराना समाचारहरु गृह पृष्ठ
ताजा अपडेटहरु
चर्चित समाचारहरु
  • Miss Nepal Payal Shakya 2004
  • EC directs govt to halt Nepal Police transfers
  • आजको राशिफल September 23, 2013
  • तह थपबारे एमाले चुप बस्ला ? अब यस्तो हुनेछ राजनीति, यसरी हुनेछ चुनाव !
  • AISC recommends 4171 news posts in Nepal Army
गृह पृष्ठ |