बाबुआमाको मृत्युपछि चार छोरीको विचल्ली
म्याग्दी, ११ कात्तिक । अरिङ्गालले चिलेर बाबुआमाको ज्यान गएपछि बेनी नगरपालिका–९ काउलेगौँडाका चार दिदीबहिनी विचल्लीमा परेका छन् ।
यही कात्तिक १ गते घर नजिकैको जङ्गलमा दाउरा काट्ने क्रममा अरिङ्गालले चिल्दा ५५ वर्षीय दल पुरी, उनकी पत्नी ४५ वर्षीया शिव पुरी र १२ वर्षीय छोरा आशिष पुरीको ज्यान गएको थियो ।
बाबुआमा र भाइको एकैपटक मृत्यु भएपछि १६ वर्षीया जेनिसा, १४ वर्षीया तारा, १० वर्षीया लीला र सात वर्षीया पिपला पुरी विचल्लीमा परेका हुन् । उनीहरूलाई अहिले किरिया खर्चको समेत अभाव भएको छ ।
घरका अभिभावक नभएपछि छोरीहरू सहाराविहीन हुनुका साथै तत्काल खान र लगाउनसमेत समस्या भइरहेको स्थानीय काउलेगौँडा युवा क्लबका संस्थापक अध्यक्ष तेजेन्द्र बानियाँले बताए ।
बाबुआमा र भाइ गुमाउनुको पीडाले उनीहरू बोल्नसमेत नसक्ने अवस्थामा रहेका बानियाँले बताए । जेनिसा राष्ट्रिय मावि नेप्टेचौरमा कक्षा ७ मा अध्ययन गर्छिन् भने उनका बहिनीहरू स्थानीय नरबुद्धि सल्लेरी प्राविमा क्रमशः ५, ३ र १ कक्षामा अध्ययन गर्छन् । बस्ने सामान्य झुपडीबाहेक अरू केही नभएका उनीहरूलाई खानपिनदेखि पढाइको समस्या भइरहेको छ ।
घरमा किरिया खर्चसमेत नभएपछि काउलेगौँडा युवा क्लबले सदरमुकाम बेनीबजारको विभिन्न क्षेत्र, गलेश्वर र तोरीपानीमा आर्थिक सङ्कलन अभियान चलाइरहेको छ । अहिलेसम्म रु एक लाख ५० हजार सङ्कलन भएको र थप सहयोग जुटाएर उनीहरूलाई हस्तान्तरण गर्ने क्लबले जनाएको छ । क्लबले सक्दो आर्थिक सहयोग गर्न सबैलाई आग्रहसमेत गरेको छ ।

प्रकाशित मिति:
October 28, 2014