मोदी सार्क सम्मेलनमा भाग लिन स्थलमार्गबाटै नेपाल आउने

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाले सार्क सम्मेलनमा भाग लिन आउँदा भारतीय प्रधानमन्त्री स्थलमार्गबाट नेपाल प्रवेश गर्नसक्ने भन्ने सूचना मन्त्रालयलाई प्राप्त भएको जानकारी दिए । सचिव सिटौलाले भने, ‘‘भारतीय प्रधानमन्त्री मोदी स्थलमार्गबाट नेपाल प्रवेश गर्ने वा काठमाडौँ आएर जनकपुर जाने दुईवटै सम्भावना रहेको छ । सचिव सिटौलाले प्राप्त सूचना र तथ्यहरूका आधारमा भिट्टामोड–जनकपुर सडक खण्डको मर्मत गर्ने कार्यमा सडक विभाग लागि परेको र केही दिनभित्रै सुरु गरिने बताए । गत साउनमा नेपाल भ्रमण गरेका भारतीय प्रम मोदीले सार्क सम्मेलनमा आउँदा जनकपुरको भ्रमण गर्ने बताएका थिए ।
(रासस)
प्रकाशित मिति:
October 28, 2014