कांग्रेस उम्मेदवारको गाडीमा आगजनी
कात्तिक २२ । नेपाली कांग्रेसका एक उम्मेदवारको गाडीमा काभ्रेमा अज्ञात समूहले आगजनी गरेको छ ।
कांग्रेस तर्फबाट काभ्रे क्षेत्र नम्बर ४ का उम्मेदार कुमार लामिछानेको प्रचारमा प्रयोग गरिने जीपमा गएराति अज्ञात समूहले आगो लगाएको प्रहरीले जनाएको छ ।
बनेपामा रोकिराखेको जीपमा राति १२:३० बजे पट्रोल छर्केर आगो लगाइएको हो । आगोका कारण जीपमा क्षति पूगेको छ । प्रहरीले आगो लगाउनेको खोजी भईरहेको बताएको छ ।
प्रकाशित मिति:
November 08, 2013