हेलिकप्टरमा प्रचण्डको प्रतिस्पर्धी एकनाथ ढकाल
कात्तिक २२ । चुनावमा हेलिकप्टर चार्टर गरेर प्रचारमा हिड्न एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पहिलो नम्बरमा छन् । उनका प्रतिस्पर्धी भने परिवार दलका अध्यक्ष एकनाथ ढकाल बनेका छन् ।
विघटित संविधानसभाको सबैभन्दा ठूलो दलका अध्यक्षसँग सबैभन्दा सानो दल परिवार दलका अध्यक्षले हेलिकप्टर चार्टर गर्न प्रतिस्पर्धा गरेका हुन् ।
निर्वाचन आयोगले हेलिकप्टर उडानमा दिएको सहमतिको तथ्यांकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालपछि सबैभन्दा बढी हेलिकप्टर उडाउनेमा परिवार दलका अध्यक्ष ढकाल रहेको कान्तिपुरमा खबर छ ।
परिवार दलका अध्यक्ष ढकालले कात्तिक २२ मा भोजपुर, संखुवासभा र ओखलढुंगा, कात्तिक २५ र २६ मा रोल्पा, कालिकोट र अछाम, कात्तिक २७ गते सुर्खेत र दैलेखका आमसभालाई सम्बोधन गर्न हेलिकप्टर प्रयोगको अनुमति लिएको खबरमाा उल्लेख छ ।
प्रकाशित मिति:
November 08, 2013